चितवन २८ असार
शिशिर सिंखडा
: पूर्वी चितवनको जुटपानी–१ भटेनी स्थित मुनलाईट
आवासीय माविले २०७० सालको एसएलसी परीक्षामा छात्रा
तर्फ पूर्वी चितवन प्रथम रचना विष्ट सहित उत्तीर्ण
हुन सफल २७ जना विद्यार्थीलाई आज एक
कार्यक्रमका बीच सम्मान गरेको छ ।
८९.३८ प्रतिशत
अंक ल्याई पूर्वी चितवन प्रथम विष्ट सहित विद्यालयका
२७ जना विद्यार्थीलाई सम्मान पत्र र अविर
लगाई सम्मान गरिएको थियो । सो कार्यक्रमका प्रमुख
अतिथि एवम् प्याब्सन चितवनका अध्यक्ष वेल बहादुर गुरुब र
विद्यालयका निर्देशक चित्रबहादुर रायमाझीले सयुक्त रु
पमा विद्यार्थीलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका निर्देशक चित्रबहादुर र
ायमाझीले ग्रामिण क्षेत्रमा स्थापना भएर पनि
विद्यार्थीहरुलाई गुणस्तर शिक्षा दिन सक्ने क्षमता प्रस्तुत गर
ी विद्यालयले नमुना पेश गरेको बताउनुभयो । विद्यालयका
शिक्षक प्रकाश शर्माले स्वगत मन्तब्य व्यक्त गर्नुभएको
सो कार्यक्रममा शिक्षक अभिभावक संघ मुनलाईटका
अध्यक्ष लालुप्रसाद दाहाल,प्याब्सन चितवनका उपाध्यक्ष
शिबु क्षेत्री,कोषाध्यक्ष गिरीराज केसी,सोसेब्स चितवनका
अध्यक्ष वालहरि देवकोटा लगायतले मन्तब्य व्यक्त
गर्नुभएको थियो ।
सोही अवसरमा विद्यालय द्वारा आयोजित
बक्तृत्वकला प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार
समेत वितरण गरिएको थियो । विद्यालयका निर्देशक
चित्रबहादुर रायमाझीको अध्यक्षतामा
कार्यक्रम सम्पन्न भएको थियो ।