मुक्तक :By, मान थापा ' बुलन्द'


१,
मुक्तक

चडाएर चरणमा फूल तिमीलाई
बगाइदिन्छु मायाको मुल तिमीलाई
सामेल गरे जीवनमा मुटुभित्र राखी
दिनेछु घर खान्दान कुल तिमीलाई

२,
गाउँ बेंसी शहरको कथा उस्तै उस्तै
दबिएका रहरको कथा उस्तै उस्तै
नदी नाला बेचिएर बगी गए कहाँ
खहरे र नहरको कथा उस्तै उस्तै

मान थापा ' बुलन्द'
बाग्लुङ ' गल्कोट
 हाल = काठमाडौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com