गजल :By, मानन्धर अभागी ।


गजल

सुनाउँदै गरेको त्यो गजल दमदार छ
जति थप्दै गयो उति त्यो रात चमत्कार छ

गजल त्यो माहौलमा गिलास खुसीले हाँसिरह्यो
गजल सँग मदिरा साटासाट अपार छ

उधारोमा खाँदा खाँदै कंङ्गालै बनाइ दिएछ
कसैको उठीवास ग¥यो , आहा ! राम्रो विचार छ

भित्र भने राम राम वाहिर भने वदनाम
भट्टीभित्रै मेरो वावु साहुनीसँग प्यार छ

जलेको त्यो खप्परले कुरा वाहिर ल्याएपछि
जताततै चिहानमा विशेष यै समाचार छ ।

 मानन्धर अभागी ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com