काठमान्डू श्रावन ८,
स्थानीय एक बालकलाई विभिन्न सामग्रिको प्रलोभनमा पारी आफ्नो यौनांग चलाउन लगाउने तथा अन्य यौनजन्य काम गर्न लगाउने गरेको उजुरीको आधारमा ओलिभरलाई पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरेले जानकारी दिनुभयो ।
उनले खेलिरहेका बालकहरुलाई बोलाएर खाना खुवाउने तथा विभिन्न सामग्रि किनेर फकाउँदै यौन कार्यमा लगाउने गरेको प्रहरीको आरोप छ । (by,NB)
१४ वर्षीय बालकलाई अप्राकृतिक यौन क्रियाकलाप गराएको आरोपमा पोखराबाट एकजना
फ्रान्सेली नागरिक पक्राउ परेका छन् । नेपाल भ्रमणको सिलसिलामा केही समय
अघि पोखरा आएका फ्रान्सका क्रिष्टोफेर रोबर्ट ओलिभरलाई प्रहरीले पक्रेको हो
।
स्थानीय एक बालकलाई विभिन्न सामग्रिको प्रलोभनमा पारी आफ्नो यौनांग चलाउन लगाउने तथा अन्य यौनजन्य काम गर्न लगाउने गरेको उजुरीको आधारमा ओलिभरलाई पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरेले जानकारी दिनुभयो ।
पीडित बालकको उजुरीका आधारमा प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।
ओलिभरले यसअघि पनि विभिन्न बालकहरुलाई ललाई फकाई अप्राकृतिक यौन
क्रियाकलाप गराउने गरेको पाइएकाले जबरजस्ती करणी तथा अप्राकृतिक
मैथुनअन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक
रजौरेले जानकारी दिनुभयो ।
उनले खेलिरहेका बालकहरुलाई बोलाएर खाना खुवाउने तथा विभिन्न सामग्रि किनेर फकाउँदै यौन कार्यमा लगाउने गरेको प्रहरीको आरोप छ । (by,NB)