गजल : By, गजल मानन्धर अभागी
जिन्दगी जहाजझैं डुब्यो परदेश जाँदा
फर्की आउँदा आफ्नैले लुट्यो परदेश जाँदा
समाजमा कसरी बाँच्ने छाडी गइछे पोइला
आज यो भाग्य फुट्यो परदेश जाँदा
मेरै पसिना रगत चुस्नु चुसेर डसिछे
थाहा छैन कताकता पुग्यो परदेश जाँदा
आफू गलत हो वा उनी चरित्रहीन हो
कमाउन जाँदा नातै टुट्यो परदेश जाँदा
छोरोले आमा खोज्दा काशी गयो भनिदिएँ
निरपराध आँशुले चुट्यो परदेश जाँदा ।
मानन्धर अभागी