कविता "आश"
प्रकृतिको शृष्टि भित्र पर्वतको शीर,
त्यसै मुनि कल् कल् झर्ना हराउने पीर
अन्जुलिमा भरी भरी मेटिदिएँ प्यास
जीवन हो संलो पानी भरी दिने आश ।
छाँगा मिली खोल्सो भयो अझै बढे खोला
डाडा काडा गीत जस्तै त्यही ध्वनी होला
त्यस्तै खोला दोभानले नदी वने जस्तै
वस्ति बढ्दै किनाराको कर्म गति लेला ,
हावा संगै आकाशमा उड्नै मन लाग्दा
हिमालको श्रेणी जस्तै वादलुमा भाग्दा
नाना थरी रुप भित्र दंग परे पस्तै
वायुसरी चल्ने मन वायुयान जस्तै ।
पहाडमा क्षितिजको रुप बने जस्तो
भाग्य हुन्छ कर्म दिने भ्रान्ति हो कि कस्तो ?
वर्सातमा झ्उकिरी को उस्ले बुझ्ने भाषा
झर्को लाग्ने शून्य प्राप्ति वैलिएका आश,!
अन्जुलिमा भरी भरी मेटिदिएँ प्यास
जीवन हो संलो पानी भरी दिने आश ।
निशा खनाल अर्याल
इज़रायल