कालो जेठ १९ गत्ते I

काठमान्डू जेष्ठ १९,

नारीदर्पण : जेष्ठ १९ गत्ते एक कालो बर्ष, एक कालो दिन, एक कालो क्षणको रुपमा नेपालको इतिहासमा अंकित भैरहेछ । नेपालको राज संस्थाको निमित्त मात्रै नभएर राजसंस्था प्रति विशाल आस्था र विस्वाश गर्ने माथि ठुलो आघात पुगेको थियो । 

हिजै जस्तो लाग्छ आज १३ बर्ष पुगी सकेछ नेपाली राजसंस्थाको नामोनिशान मेटिएको, ढलेको, जरै देखि उखेलिएको । त्यो रहष्यमय दर्बार हत्याकाण्डको साक्षी मात्र इतिहास छ । यतिखेर सम्म त यो रहश्य नै भएर रहेको छ र अझै असामंजस्यमा रुमल्लिएको उक्त घटनाले स्तब्ध पारिने राखेको छ । शान्तिप्रिय स्व: राजा बिरेन्द्र शाह आफ्ना जनतालाई अत्यन्त स्नेह गर्ने, प्रेम गर्ने राजा राजा थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com