काठमाण्डौं जेष्ठ १९,
टंक प्रसाद उप्रेतीद्धारा लिखित, विश्व नेपाली साहित्य महासंघ केन्द्रद्धारा प्रकासित राष्ट्र र जनता प्रति सदा समर्पित व्यतित्व मकरबहादुर बान्तावा भन्ने पुस्तक सांस्कृतिविद सत्यमोहन जोशीज्यूको प्रमुख आतिथ्यमा यही जेष्ठ १७ गते काठमाण्डौ स्थित तिनकुनेमा अवस्थित होटल नेशनल भिजनको त्रिवेणी हलमा एक बृहत समारोहको साथ विमोचन भएको छ ।
उक्त कार्यक्रम प्रकाशक तथा विश्व नेपाली साहित्य महासंघका के्न्द्रीय उपाध्यक्ष सागर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । पुस्तकको समालोचन वरिष्ठ प्राज्ञ प्रा. मोहनराज शर्माले गर्नु भएको थियो भने लेखक टंक प्रसाद उप्रेतीले उक्त पुस्तक अहिले सम्म निस्केका आत्म व्रितान्त मध्ये श्रेष्ठ रहेको र मकरबहादुर बान्तावाको योगदान इतिहास देखी भविश्य सम्म रहि रहने छ भनी किटान गर्नु भएको थियो ।
प्रमुख अतिथि सत्यमोहन जोशीले आफ्नो मन्तव्यको क्रममा यो पुस्तक सबै राष्ट्रबादी प्रशासक, नीति निर्माणमा बस्ने नेताहरुले कुनै पनि कार्यगर्दा यो पुस्तक ह्याण्ड बुकको रुपमा लिएर यस पुस्तकलाई अगाडि राखी मकरबहादुर बान्तावा जस्तै राष्ट्र र जनता प्रति ईमान्दार हुन सिक्नु पर्दछ भन्नु भएको थियो साथै प्रमुख अतिथि र सभापति सागर श्रेष्ठद्धारा पुस्तकका नायक मकरबहादुर बान्तावा, उहाँको श्रीमति विष्णुदेबी बान्तावा र लेखक टंक प्रसाद उप्रेतीलाई दोसल्ला ओढाएर र माला लगाएर सम्मान गरिएको थियो ।
उक्त विमोचन समारोहमा विभिन्न विशिष्ठ अतिथि तथा अन्य संघ संस्थाका प्रतिनिधीहरुले उक्त पुस्तकको बारेमा बोल्दै मकरबहादुर बान्तावाको दीर्घायु र सु–सस्वथ्यको कामना गरेको थियो । उक्त समारोहमा विभिन्न संघ संस्था र व्यक्तिहरुले मकरबहादुर बान्तावालाई समेत सम्मान गरेको थियो ।
कार्यक्रमको सभापति सागर श्रेष्ठज्यूले मन्तव्यको क्रममा विश्व नेपाली साहित्य महासंघको बारेमा र पुस्तक प्रकाशन गर्नको उदेश्यको बारेमा प्रकाश पार्दै भन्नुभयो । इतिहास साँचो र सबैको लेखिनु पर्दछ तब मात्र यर्थाथ वर्तमान बाँच्न सक्दछ । श्रेद्धय मकरबहादुर वान्तावा ज्यूको ब्यक्तित्व तथा कृतित्व समेटिएको यस पुस्तकमा लेख्न छुटेका र ओझेलमा पारिएका, बंग्याइएका सत्यताहरु बाहिर आएका छन् । भविश्यले सोध्ने इतिहासको धेरै प्रश्नका उत्तरहरु यसमा समेटिएका छन् र ब्यक्तिको योगदानलाई कदर गर्न कन्जुस गर्ने हाम्रो समाजलाई पाठ सिकाइएको छ ।
विगतलाई नियाल्दा शासक वर्गबाट इतिहासका पुस्तकहरु जलाइएको तितो इतिहास समेत पाउदछौ फलतः धेरै समुदाय र स्थानको इतिहास लोप भएको स्थिती छ । सहि इतिहासलाई कुल्चिएर अतिक्रमण समेत भएको पाउछौ । त्यसैले यो कृतिले महत्वपूर्ण इतिहासहरुलाई चुस्त र दुरुस्त राख्दै । वास्तविक इतिहासलाई जोगाई राख्नेछ भन्दै सबै प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनुहुने तथा मिडिया कर्मिहरुलाई धन्यबाद दिनु भएको थियो ।
कार्यक्रम गजलकार तथा कवि आनन्द श्रेष्ठले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रमको अन्तमा चियापानको समेत व्यवस्था गरिएको थियो ।
विश्व नेपाली साहित्य महासंघको संक्षिप्त जानकारी
१३ जुलाई तद्नुसार २९ असार २०६७ को दिन विश्वभर नेपाली स्रष्टासर्जकहरुले नेपाली भाषीहरुको एकताको प्रतिक आदीकवी भानुभक्तको जन्मजयन्ति मनाई रहेको दिनलाई शुभ साइत जुराएर विश्वभरका नेपाली स्रष्टा सर्जकहरुले विश्व नेपाली साहित्य महासंघको विधिवत स्थापना भएको घोषणा गरेका छन् ।
नेपालको समय बेलुकी ६ बजे स्काइपीको टेलिकन्फिरेन्स मार्फत साहित्यकारहरुले संयुक्त रुपबाट घोषणा गरेका थिए । उपस्थितीलाई सम्बोधन गर्दै मस्को रसियाबाट डा। मधु माधुर्यले आफ्नो मन्तब्य राखेका थिए । आपसमा पहिलो पटक नेट मार्फतको चिनजानले सबैलाई उत्साहित बनाएको थियो । विश्वभरका झण्डै डेढदर्जन देशहरुमा रहेका नेपाली साहित्यका स्रष्टा सर्जकहरुको सामुहिक सलग्नता रहेको यस महासंघको अन्तराष्ट्रिय केन्द्रिय समिति केन्द्रिय पार्षद सल्लाहकार र सम्बद्धता संस्थाहरुको नामावली समेत घोषणा गरिएको थियो ।
नेपाली साहित्यको क्षेत्रमा ब्यापकरुपमा समेटेर निर्माण गरिएको सम्भवत यो पहिलो महासंघ हो । सामुहिक हितको लागि सामुहिक सक्रियतामा साहित्यिक संस्थाको स्थापना भन्ने मान्यताले स्थापित यस महासंघले संचालनमा रहेका साहित्यिक संघसस्थाको अस्थित्वलाई स्वीकार गर्दै सम्बद्धता प्रदान गर्ने र जुनसुकै साहित्यिक संस्थामा संलग्न ब्यक्ति पनि यस संस्थामा सहभागि हुन सक्ने बताएको छ । विश्वभरका प्रत्येक देशमा शाखा र सम्बद्धता प्राप्त संस्था निर्माण गर्ने लक्ष्य राखेको यस महासंघको विश्वभर शाखाहरु निर्माण भैरहेका छ । यस महासंघको साधारण, राष्ट्रिय र आजीवन सदस्य रहने ब्यवस्था रहेको छ ।
यस महासंघका उद्देश्यहरु यस प्रकार रहेका छन्ः
1, विश्वभर नेपाली साहित्यको विस्तार विकास संबद्र्धन प्रोत्साहन र हौसलाको लागि आवश्यक कामहरु गर्ने ।
2, साहित्यिक ब्यक्तित्व तथा समस्त स्रष्टा(सर्जकहरु बीच आपसमा चिनजान मित्रता भातृत्व सहिष्णुता सद्भाव र सहयोगको अभिबृद्धि गर्दै सम्पर्क सेतुको काम गर्ने ।
3, देशविदेशमा रहेका विभिन्न नेपाली साहित्यिक संघ संस्थाहरु सँग समन्वय र सहकार्य गर्दै सम उद्देश्य बोकेका संस्थाहरु संग सम्बद्धता कायम गर्ने ।
4, साहित्यिक हक अधिकारको लागि कार्यरत रहने ।
5, नेपाली परिचयलाई देशविदेशमा सम्मानित र उच्च पहिचानयुक्त बनाउन आवश्यक कार्य गर्ने ।
6, प्रवासी नेपाली साहित्यको पहिचान र सम्मानको लागि गुणस्तर साहित्यमा जोड दिदै सम्बन्धित निकायहरुमा आवाज र दबाब पुर्याबउने ।
7, विश्वभरका विभिन्न मुलुकमा रहनु भएका नेपाली साहित्यकार साहित्य साहित्यिक गतिविघि र साहित्यिक संघ( संगठनको बारे जानकारी लिने अभिलेख राख्ने साहित्यिक समस्या तथा समाधानको लागि पहल र सहयोग गर्ने ।
8, विश्वभरका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषा साहित्यका संघ संगठन तथा साहित्यिक ब्यक्तित्वहरु संग यथासम्भव सम्पर्क र समन्वय गर्ने ।
9, नेपाली साहित्य पर्वते, खस भाषारनेपालीले बोल्ने सबै भाषा मातृभाषा ९नेपाली साहित्य क्षेत्र हुन्० को श्री बृद्धिको लागि आवश्यक विभिन्न कार्यहरु गर्ने ।
विश्व नेपाली साहित्य महासंघद्धारा हाल सम्म गरिएका विविध महत्वपुर्ण कार्यहरुः
१. स्थापना : २०१०
२. पेट्रोन सदस्य : ४
३. आजिवन सदस्य : ३१
४. साधारण सदस्य : १५००+
५. शाखाहरु : २२ देशमा २८ शाखाहरु
६. केन्द्रको प्रकाशन : साहित्यीक मुलबाटो, अनलाईन ई–पत्रिका (चौमासीक पत्रिका)
७. साहित्य संसार : त्रैमासीक बुलेटिन
८. कोसेली : मासिक साउदी अरेवियाको प्रकाशन
९. मुग्लानी सौगात : त्रैमासीक साउदी अरेवियाको प्रकाशन
१०. अन्य म्यागेजीन : विभिन्न शाखाहरुको प्रकाशन
११. पुस्तकहरु : २ दर्जन भन्दा बढि संस्थामा आवद्ध व्यक्तिहरुको प्रकाशन
१२. आवद्ध संस्थाहरु : ५ (उदाउँदोतारा साहित्य समाज– मलेशिया), अनलाईन नेपाली साहित्य –
ब्रिटेन), नेपाली साहित्य प्रतिष्ठान– हङ्गकङ्ग), सर्बदा दाङ्गमय साहित्य
प्रतिष्ठान– यु.ए.ई.) र प्रवासी नेपाली साहित्य समाज–यू.के.)
१३. विश्व व्यापी खुल्ला कविता प्रतियोगिता २०११ : विश्वका १८ मुलुकका र नेपालको २७ जिल्लाबाट १८२ जना सहभागी । जुन अहिले पनि महासंघको वेव साईटमा हेर्न, पढ्न र सुन्न सकिन्छ ।
१४. विश्व साहित्य सम्मेलन २५ अक्टोबर २०१३ : संस्थाको केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठको संयोजकत्वमा विभिन्न देशका साहित्यकारहरुको जमघट गरि भव्य रुपमा सम्पन्ने ६ बुँदे काठमाण्डौ घोषणा पत्र जारी ।
१५. नेपालको महत्वपूर्ण पुस्तकहरु विभिन्न भाषामा रुपान्तर ।
१६. विश्व व्यापी खुल्ला कविता प्रतियोगिता २०१४ सुरु भईरहेकोले सहभागिताको लागि हार्दिक आह्वान ।
१७. विभिन्न व्यक्तिहरुको उत्कृष्ट कविताहरु चांडै हिन्दी र चाईनिज भाषामा रुपान्तर गरि विश्वमा नेपाली साहित्यको विस्तार गरिदै । अन्य जानकारीको लागि लग अन गर्नुहोस । www.gfnl.org.np
१८. टंक प्रसाद उप्रेतीद्धारा लिखित पुस्तक राष्ट्र र जनाता प्रति सदा सर्मपित व्यत्तित्व मकरबहादुर बान्तावा
पुस्तक विमोचनको प्रेस विज्ञप्ती
२००७ सालका क्रान्तिका अग्रज व्यक्तित्व, स्वतन्त्र सेनानी र राणा शासनको विरुद्धमा प्रजातन्त्र स्थापना गराउन अतुलनीय योगदान दिने मकरबहादुर बान्तावाज्यूले क्रान्तिपछि पनि तत्काल प्रजातन्त्रको विरुद्धमा राणाहरुको भड्काउ र जातिय उक्सावटले गर्दा त्यसवेला भोजपुर, ओखलढुङ्गा, खोटाङ लगाएतका ठाउँहरुमा भड्किएको हिंसालाई शान्ति गरी जातिय आधारमा नेपाली समाज फुट्नु हुदैन भन्ने प्रवल सन्देश मकरबहादुर बान्तावाजीले दिनु भएको र उहाँले त्यसपछि विभिन्न जिल्लामा दौडाहा, बडाहाकिम हुदाँ पनि हरेक ठाउँमा शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता विकासका कार्यहरुमा अत्यन्तै सकृय पूर्वक सम्लग्न हुनुभएको र उहाँले धौलागिरी जस्तो विकट ठाउँमा अञ्चलाधीश हुँदा तत्काल खम्पा विद्रोहलाई शान्त गरेर छाड्नु भयो ।
धौलागिरी जस्तो दुर्गम ठाउँमा सर्व प्रथम कलेज खोल्नुपर्छ भन्ने विचारको विजारोपण गर्नु भयो । डोल्पा जस्तो विकट ठाउँमा स्कूलहरु सञ्चालन गर्नुभयो । त्यस्तै आफ्नो गृह जिल्ला भोजपुरका विभिन्न ठाउँहरुमा स्कूल स्थापना गराउन जोड दिनु भएको थियो । उहाँले बागमती अञ्चलाधीस हुँदा सबै भन्दा महत्वपूर्ण कार्य भ्रष्टचार निवारण गर्नु हो । एउटा प्रशासकले निश्पक्ष भएर प्रशासन सञ्चालन गर्नु पर्छ भन्ने उदाहरण उहाँले दिनु भएको छ । बागमती अञ्चलमा राजधानी तथा व्यपारी केन्द्र र विभिन्न कोणबाट प्रशासकलाई प्रभाव पारी भ्रष्टचार गर्ने गिरोहको विरुद्धमा संलग्न हुनुभयो ।
अदृष्य शक्ति र गिरोहले समेत उहाँलाई शंकाको दृष्टीले हे¥यो तर उहाँ चुक्नु भएन । भ्रष्टचार निवारण गरेरै छाड्नु भयो । यस प्रकार मकरबहादुर बान्तावामा स्पष्टसंग राष्ट्रियता, कानूनी राज्य, असल प्रशासक र विकास निर्माण गरौं भन्ने उहाँको २५ वर्षको सेवा अवधिले स्पष्ट गरेको कुरा इतिहासमा र भावि पुष्ताकोलागि उहाँको व्यक्तित्व ओझेलमा पर्न दिनुहुदैन भनी यो पुस्तक प्रकाशनमा ल्याईएको हो र यो पुस्तक प्रमुख अतिथि सांस्कृतिकविद शत्यमोहान जोशीज्यूको प्रमुख आतिथ्यमा र विश्व नेपाली साहित्य महासंघद्धारा प्रकाशन गरिएको हो । यस पुस्तक (राष्ट्र र जनता प्रति सदा समर्पित व्यतित्व मकरबहादुर बान्तावा) टंक प्रसाद उप्रेतीद्धारा लेखिएको हो ।
धन्यबाद ।
................
सागर श्रेष्ठ
उपाध्यक्ष
विश्व नेपाली साहित्य महासंघ
केन्द्रीय समिति