पोखरामा एरपोर्ट बन्न अबरोध I

 काठमान्डू जेष्ठ २७,

तिब्बती नाका र मुस्ताङको युरोनियमका कारण अमेरिका र चीनको प्रमुख चासो बनेको पोखरा एयरपोर्ट विस्तारको काममा अझै अवरोध आउने सम्भावना देखिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालले भन्दा पनि चीनले प्रतिष्ठाको विषय बनाएर एमाले अध्यक्ष झलनाथ खनाल, प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आर्थिकलगायत कुरामा सहमत गराएपछि दुई साताअघि चीनको सरकारी कम्पनी सीएमसी चाइनासँग सम्झौता भएको थियो ।


तर यो सम्झौतालगायत केही कुरा अस्पष्ट भएको भन्दै अर्थ मन्त्रालयले सम्झौता गर्ने पर्यटन मन्त्रालयलाई सम्पूर्ण विवरण पठाउन पत्र लेखे पनि पर्यटन मन्त्रालयले भने कुनै जवाफ पठाएको छैन । सुरु लागत करिब १३ अर्ब स्टिमेट गरिएको एयरपोर्ट निर्माणका लागि २१ अर्ब ६० करोडमा सीएमसी चाइनालाई ठेक्का दिन सरकार तयार भएको थियो । यही ठेक्काको कमिसन प्रकरण जोडिएपछि कांगे्रस नेतृ सुजाता कोइराला र प्रधानमन्त्री सुशील कोइरालाबीचको सम्बन्ध सुमधुर बनेको हो ।

सुजाताले प्रधानमन्त्री कोइरालालाई चाइना एक्स्पोमा जाने पहल र उतैबाट जहाजको व्यवस्था मिलाइदिएको आफू निकटकालाई बताउने गरेकी छन् । भारत भ्रमणमा सुजाता र शंशाक कोइरालालाई लगेकोमा आलोचना भएको र पोखरा एयरपोर्ट ठेक्काको कमिसन प्रकरण जोडिन सक्ने भएकाले चीन भ्रमणमा भने प्रधानमन्त्री कोइरालाले सुजातालाई लगेका थिएनन् ।एनबी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com