काठमाडौं जेष्ठ 2७,
छोरा बनाउने भन्दै ठग्ने डा. देवी गुरूङमाथि नेपाल मेडिकल काउन्सिलले छानविन प्रारम्भ गरेको छ । थापाथलीस्थित परोपकार प्रसूति अस्पतालकी चिकित्सक गुरुङले अस्पताल नजिकैको निम्स डाइग्नोष्टिकमार्फत् छोराको चाहनामा भौतारिएका दम्पत्तिलाई झुठा आश्वासन दिएर ठगिरहेको समाचार सप्रमाण स्वास्थ्य खबरपत्रिकाले प्रकाशित गरेपछि काउन्सिलले अनुसन्धान थालेको हो ।
काउन्सिल इथिकल कमिटि अध्यक्ष डा.सतिस देवले काउन्सिलले अनुसन्धान थालेको जानकारी दिदैं दोषी देखिएमा गुरुङमाथि कडा कारवाही गर्ने बताए । यसअघि चिकित्सकविरुद्धका उजुरीका आधारमा मात्रै छानविन गर्ने काउन्सिलले यसपटक ‘प्रोएक्टिभ’ भएर छानविन अगाडि बढाएको हो ।
काउन्सिलले अनुसन्धानको सुरुवातमा गुरुङको थापाथलीस्थित निम्स क्लिनिकमा छड्के निरीक्षण गरेको थियो । इथिकल कमिटिका अध्यक्ष डा. देवसहितको टोली साँझ साढे चार बजे क्लिनिक पुगेको थियो । टोलीले डा.गुरुङ तथा त्यहाँ भ्रुणको लिंग पहिचानमा संलग्न वीर अस्पतालका चिकित्सक डा.सुशील शाक्यसँग पनि बयान लिएको छ । गोप्य कोठामा करीब एक घण्टा काउन्सिलको टोलीले दुवै जनासंग बयान लिएको थियो । काउन्सिल टोली पुग्दा पनि क्लिनिकमा २५ जोडी उपचारका लागि पुगेका थिए । तर टोलीले ती जोडीसँग कुनै सोधपुछ गरेन । डा. गुरुङले काउन्सिल टोली बाहिर निस्कने क्रममा ‘थ्याङ्स फर योर कोअपरेसन’ भन्दै हात हल्लाएकी थिइन् ।

चिकित्सा विज्ञानले हालसम्म उपचारबाट छोरा या छोरी बनाउने निर्धारण गर्ने कुनै औषधि विकास गरेको छैन । महिलाको एक्स क्रोमोजममा पुरुषको वाई क्रोमोजमले सेचन गरेमा छोरा हुन्छ भने पुरुषको एक्स क्रोमोजम महिलाको क्रोमोजमसंग सेचन भएमा छोरी हुन्छ । हरेक सेचनमा छोरा या छोरी हुने सम्भावना ५०/५० प्रतिशत हुन्छ । तर चिकित्सकीय क्षमताको गलत उपयोग गर्दै डा. देवी गुरुङले व्यापार बनाइरहेकी छिन् । गुरुङले छोरा बनाउने भन्दै क्लोमिफिनसाइट्रेट, फोलिक एसिडसहित विभिन्न भिटामिन दिने गर्छिन् ।
स्त्रीरोग विशेषज्ञका अनुसार यी औषधिको छोरा या छोरी निर्धारणसंग कुनै भूमिका या संबन्ध छैन । यसका साथै उनी छोरा जन्माउने आशमा आएका दम्पत्तिलाई बिहानीको समयमा यौनसम्पर्क राखेमा छोरा जन्मिने ‘उडन्ते’ सल्लाह दिदैं आएकी छिन् । उनले गर्भमा छोरी भएकै आधारमा गर्भपतन गर्न र अर्को गर्भधारण गर्न पनि दबाब दिने गरेकी छिन् । स्त्रीरोग विशेषज्ञहरूले पनि उनको सल्लाह, सुझाव र दिएका औषधिमा कुनै वैज्ञानिक आधार नभएको पुष्टि गरेका छन् । (दिनेश सुनार-स्वास्थ्य खबर)