इजरायलका नया राष्ट्रपति र मध्यपुर्बको राजनीति I

जेरुसलेम १० जुन २०१४ ,

सुनिल श्रेष्ठ : आज सम्पन्न इजरायली राष्ट्रपति पदको निर्वाचनमा कटरपन्थी लिकुड पार्टीका नेता रेउभेन रिभ्लिन ६३ मत पाउदै विजय भएका छन् उनको निकटतम प्रतिद्वन्द्वी खानुका पार्टीका मेइर शित्रितले ५३ मत पाएका छन् | १२० सदस्यीय संसद नेसेटमा विजय हुनुलाई ६१ मतको जरुरी हुन्छ  

पहिलो चरणमा कुनै पनि उमेर्द्वारले ६१ मत कटाउन सकेन्न र सबै भन्दा बढी मत प्राप्त गर्ने २ जनालाई दोश्रो चरणमा प्रवेश पाउदा रिभ्लिन र शित्रित बीच प्रतिष्पर्धा भएको हो राष्ट्रपति पदका अर्का बलिया उमेर्द्वार बेन्जामिन बेन एलिजरले हिजो सोमबारबाट आफुनु सबै कार्यक्रम रद्ध गर्दै चुनाबबाट पछी हटेका थिए ,उनलाई घुसखोरीको आरोपमा पुलिसले सोधपुछ गरे पछी नैतिकताको कारण जनाउदै अघि नबढ्ने निर्णय गरेका थिए आज निर्बाचित राष्ट्रपति रेउभेन रिभ्लिन निर्वाचन पद्धति अनुसार १६औ र व्यक्तिको आधारमा १०औ राष्ट्रपति हुन्  

बर्तमान राष्ट्रपति सिमोन पेरेस समेत गरेर अहिले सम्म ९ जना इजरायलको राष्ट्र प्रमुख भैसकेका छन्| सन् १९९८ सम्म राष्ट्रपतिको कार्यकाल ३ बर्षको हुन्थियो र दोश्रो पटक पनि निर्बाचित हुने ब्यबस्था थियो तर तेस पछी राष्ट्रपतिको कार्यकाल ७ बर्ष कायम गर्दै दोश्रो कार्यकालको लागि सोहि राष्ट्रपति फेरी उमेर्द्वार हुनु नपाउने ब्यक्स्था गरियो आज निर्वाचित राष्ट्रपति रेउभेन रिभ्लिनको जन्म सन् १९३९ सेप्टेम्बरमा जेरुसलेममा भएको हो दोश्रो अरब-इजरायल छ दिने लडाइमा रेउभेन रिभ्लिनले वेस्टर्न वाललाइ अरबबाट मुक्त गराउनु अहम नेतृत्व गरेका थिए यिनी त्यो समयको सर्बाधिक प्रभाबशाली सेनाको डिविजनको एक काबिल सैनिक अधिकृत थिए यिनले संसदमा सन् १९८४मा पहिलो पटक निर्वाचित भएका थिए | तेस पछी २ पटक संसद सभामुख र एक ताली मन्त्री भएर पनि काम गरेका थिए  

यिनले केहि समय फुटवल क्लब बेतार जेरुसलेममा टिम ब्यबस्थापक पनि भएका थिए |अरब राष्ट्रहरु प्रति यिनको धारण कडा छ सिमोन पेरेस र रेउभेन रिभ्लिन ठिक बिपरित धारका व्यक्तित्व छ | इजरायलमा उपराष्ट्रपतिको ब्यबस्था छैन सायद महान नैतिकता भनेकै यहि होला सनिबार राती ११ बजे घुसखोरीको आरोपमा पुलिसले साधारण सोधपुछ गरे पछी इजरायल राष्ट्रपति पदका उमेर्द्वार बेन्जामिन बेन एलिजरले हिजो सोमबार बिहान आफ्नु सम्पूर्ण राष्ट्रपति चुनाबको प्रचारप्रसार रोकेका छन् नैतिकताको आधार देखाउदै त्यो पनि केस दर्ता भएको छैन तर पुलिसले बुझ्नुलाई मात्रै सोधपुछ गरेको हो तर पनि उनले सबै केसको अनुसन्धान हुनु पर्ने माग गर्दै आफ्नु उमेर्द्वारी स्थगित गरेका छन्  

यदि आरोप लाग्दा लाग्दै अघि बढ्ने हो भने राजनैतिक संस्कार र देशको राजनैतिक पद्दति बिग्रने र भोलिको युवापढीमा गलत परम्परा बस्ने भन्दै बेन्जामिन बेन एलिजरले चुनाबबाट पछी हटेको जनाएका छन् | विश्व राजनीतिमा एक्लिदो इजरायल गत हप्ता प्यालेस्टेनमा हमास समिलित संयुक्त सरकार गठन भए लगतै इजरायलले प्यालेस्टेनसंग हुने हुने सबै शान्तिबार्ता रद्ध गरेको छ साथै हमास सरकारमा रहुन्जेल बर्तमान संयुक्त सरकार संग कुनै सम्बन्ध नराख्ने जनाएको छ तर युरोप र अमेरिकाले मध्यपुर्बमा शान्ति कायम गर्नु अनिबार्य भन्दै बर्तमान हमास समिलित संयुक्त सरकारलाइ मान्यता दिएको छ |जबकी हमास अमेरिकी र युरोपसरकारको आतंककारी संगठनको लिस्टमै छन्  

नेतान्याहू सरकारको यो रबैयालाइ अमेरिकी सरकार र युरोपेली राष्ट्रका सरकारले एकदमै आलोचना गरेका छन् जब कि अमेरिकी सरकार भनेको त इजरायलको सबै भन्दा नजिकको हितैषी हो | इसाई धार्मिक गुरु पोपले गत महिनाको यो क्षेत्रको भ्रमण गर्दा इजरायल भन्दा पहिले प्यालेस्टेनमा प्रवेश गर्दै प्यालेस्टेनलाइ नया देशको मान्यता दिने प्रक्रियामा युरोपको समर्थन रहेको जनाएको छन् पोपको सो प्यालेस्टेन भ्रमणको इजरायल भित्रै एकदमै आलोचना भएको थियो यसका वाबजुद यहि हप्ता भेटिकनमा आइतबार जुन ८ ,२०१४ पोप ले प्यालेस्टेनमा शान्ति स्थापना सहयोग पुगोस भने हेतुले आयोजना गरेको धार्मिक सभामा बर्तमान राष्ट्रपति सिमोन पेरेसले पनि सहभागी जनाएर नेतान्याहू सरकारको धार बिपरितरुपमा आफुलाई प्रस्तुत गरे पछी नेत्यन्याहु सरकार राष्ट्रपति संग रुष्ट छ  

आधुनिक इतिहासमा पोपले प्यालेस्टेन राज्य स्थापना प्राथना सभा गरेको यो पहिलो पल्ट हो | राष्ट्रपति सिमोन पेरेस प्यालेस्टेनसंग सह-अस्तित्वको आधारमा उनीहरुलाई पूर्ण स्वतन्त्रता दिदै नया देशको मान्यता दिनु पर्छ र इजरायलमा स्थायी शान्ति स्थापना हुन्छ भने पक्षमा छन् प्रधानमन्त्री नेतान्याहू चै केवल स्वायत्व नदिकन केहि स्थायी अधिकार मात्रै दिनु पर्ने मा जोड दिन्छन् यहि सन्दर्भमा अहिलेको नव निर्बाचित राष्ट्रपति र बर्तमान प्रधानमन्त्रीको धारण एकै छ मध्य पुर्बको शान्ति प्रक्रिया धरापमा परेको त होइन यहीआशंका गरिएको छ

 फोटो-नव निर्वाचित राष्ट्रपति ,रेउभेन रुभ्लिन.

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com