मातृ मृत्युमा रक्तश्राव मुख्य कारण I

काठमाडौं आषाढ १२,

 सुत्केरी समयमा रक्तश्राव मुलुकमा महिला मृत्युको एउटा मुख्य कारण बनेको छ । परोपकार प्रसुती गृहकी निर्देशक डा. पुष्पा चौधरीका अनुसार यस्तो मृत्यु दुर्गममा बढी हुने गरेको छ । 

'एक सय मातृ मृत्युमा करिब १९ को सुत्केरीको अत्यधिक रक्तश्रावले हुने गरेको छ,' स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाकी डा.शिलु अर्यालले भनिन् । उनका अनुसार मुलुकमा बर्सेनि करिब साढे सात लाख महिला गर्भवती हुने गरेका छन्, तीमध्ये करिब साढे ६ लाखले जीवित शिशु जन्माउँछन् । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार सुत्केरीको समय पर्याप्त रगत पाउन नसक्दा विश्वभरि दिनहुँ करिब आठ सय आमाको मृत्यु हुने गरेको छ । विश्वभरि नै विभिन्न कार्यक्रमसहित शनिबार मनाइएको रक्तदाता दिवसको मुख्य नारा 'आमालाई जोगाउन सुरक्षित रक्त' राखिएको छ । मातृ मृत्युको ९९ प्रतिशत समस्या विकासशील देशमा पाइन्छ । 

डब्लूएचओको अनुसार विश्वभरिमा बर्सेनि १० करोड ८० लाख युनिट रगत रक्तदानको माध्यमले संकलन गरिन्छ । तर त्यसमध्ये आधा जति उच्च आय भएका राष्ट्रमा संकलन गरिन्छ, जहाँ विश्वका करिब १८ प्रतिशत जनसंख्यामात्र छ । 

रक्तदानले स्वास्थ्य राम्रो विज्ञहरूको अनुसार रक्तदानले शरीर कमजोर हुँदैन । हाम्रो शरीरमा रगत बन्ने प्रक्रिया सधैंभरि चलिरहेको हुन्छ । हाम्रो रगतमा भएको रातो रक्त कणिका तीन महिनामा आफैं मर्ने भएकाले त्यस अवधिमा एक पटक रक्तदान गरे हुन्छ । अतुल मिश्र-इकान्तिपुर :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com