भोली (शुक्रवार) जुटपानी गाविस साक्षर घोषणा हुदै I

जुटपानी  १२,

शिशिर सिंखडा : असार पूर्वी चितवनको जुटपानी गाविसलाई भोली (शुक्रवार) आगामी असार १३ गते साक्षर गाविस घोषणा गरिदै छ ।

गाविस भित्र रहेका १९ सय ९५ निरक्षर मध्य १६ सय २५ जनालार्ई साक्षर बनाई जुटपानीलाई साक्षर गाबिस घोषणा गर्न लागिएको हो । जिल्ला शिक्षा कार्यालय चितवनको सहयोग र कालिका सामुदायिक अध्ययन केन्द्रको आयोजनामा तीन महिना अघि देखि सञ्चालित साक्षरता कक्षा प्रभावकारी भएपछि निर्धारित समयमै गाविसलाई साक्षर घोषणा गर्न लागिएको गाविस सचिव रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गाविस भित्र सञ्चालित ८७ वटा साक्षरता कक्षामा १६ सय २५ जनालाई साक्षर बनाई गाविसलाई साक्षर घोषणा गर्न लागिएको पिठुवा श्रोत केन्द्रका श्रोत व्यक्ति रामकृष्ण लम्सालले जानकारी दिनुभयो । सो गाविसको ९७ प्रतिशत नागरिक साक्षर भएको उहाँले बताउनुभयो । जुटपानी लाई साक्षर गाविस घोषणा गर्ने क्रममा आज गाविस भित्र रहे का सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुको भेला आयोजना गरिएको थियो ।

भेलामा पृथ्वी उच्च मा वि का प्राचार्य गंगाराम गुरुब,सिद्धिविनायक आवासिय माविका प्राचार्य बिष्णुमणी लामिछाने,राप्रावि समिपुरको प्राचार्य राधिका देवी ओझा, कालिका सामुदायि अध्ययन केन्द्रका अध्यक्ष निराजन गौली लगायतले वो ल्नुभएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com