सबैमिली दृष्टि बिहिन परिवारकोलागी सहयोग गरौ I

काठमान्डू आषाढ १२,

जति सुकै दु:ख हुदा पनि हजारौं साथीहरुको मायाँले असल काम मार्फत सकरात्मक परिणाम देख्न पाउदा बेला बेलामा अत्यधिक खुसि हुने गर्दछ। यसै क्रममा आज एउटा अदभुत खुसी प्राप्त गर्ने मौका मिल्यो २ बर्ष अगाडी सिटि एफ एम बाट प्रशारित "बेदनाका शुलहरु किरण बनि चम्कदैछन " भन्ने गीतिकथा सुनेर प्रभावित भएको सिन्धुली मा बस्ने एउटा मगर केटो केहि दिनमानै लक्ष्मी प्रतिष्ठानको कार्यालयमा देखा पर्यो तर अर्को बिडम्बना उ पूर्णतया दृष्टि बिहिन थियो!! 


आफुले केहि समय अगाडी मात्र गुमाएका जवान छोराहरु कै जस्तो उमेरको युवकलाई त्यो अबस्थामा देख्दा साथ् भाव विह्वल बनेको थिए ! केहीबेरमा आफुले सक्केको केहि सहयोग गरेर मात्र बिदा गर्ने निर्णय गरे अनि भने "बाबु तिमीले केहि गरेर खाने हिम्मत गर्यौ भने म केहि सहयोग गर्नेछु तर आँट तिमीले गर्नु पर्छ तर " उसले जवाफ दिएको थियो बुबा तपाइलाई भर्खरै यति ठुलो आघात परेको छ त्यसैले मेरो चिन्ता छाडी आफ्नो र परिवारको ख्याल राख्नुहोला। उसको शबदले भित्र सम्म छोयो र उसको बारेमा थप जानकारी लिने निर्णय साथ सोधे उसकी श्रीमती दाई हरु गरि ४ जनाको अबस्था उस्तै रहेछ, उसलाई जसतै दाजुहरूलाई पनि बिफरले अन्धो बनाएको र श्रीमतीचाही दृष्टि बिहिन नै बिहेगरेको रे!! 

त्यतिबेला उसको अबोध पन र आत्मविश्वासले मलाई धेरै काम गर्न प्रेरणा मिलेको थियो , केहि दिन पछि उ सिन्धुलीबाट हामीलाई भेट्न आएको हुदा उतै फर्कियो तर ,समय समयमा निरन्तर फोन गरि रहन्थ्यो। म पनि लक्ष्मी प्रतिष्ठानले गरि रहेका कामहरु छोटकारीमा भन्ने गर्थे पछिल्ला दिनमा प्रतिष्ठानले चितवनको लोथर गाबिस कान्दामा गरिरहेका क्रियाकलापहरु प्रति चासो राख्दै भन्ने गर्थ्यो , बुबा मा चेपांग बस्तीकोलागी केह गर्न चाहन्छु। साचिकै आज करिब ३ वर्ष पछी उही युबक आफ्नो दृष्टि बिहिन दाजुलाई समेत साथि लिएर मलाई भेट्न आइपुगेछ मा कर्यलायामनै थिए ,उसले मलाई अभिबादन गर्यो मैले बस्न भने सामान्य हालखबर सोधनी पछी उसैले कान्दाका मानिसहरुको हालको अवस्था बारे सोध्यो मैले हाल सम्मको उपलब्धि बताएँ , उ दङ्ग थियो।

उसले आफ्नो पिठ्युमा बोकेको ( धेरै ठाउमा सिलाएको) कालो ब्याग हातमा लिदै त्यसमा राखेको एउटा मैलो पोको निकाली म तिर बढाउदै भन्न थाल्यो अंकल तपाइका गरिब चेपांङ् हरुका लागि अलिकति कुरिलोको बिउ ल्याएको छु राम्रो संग रोप्न लाउनुहोला नर्सरिचाही आफै बनाई पांच सय बोटका दरले सबैलाई बिरुवा बाँडी दिनुहोला १०० धुरीलाई पुग्ने छ। उसका त्यो अद्धभुत कर्मले मेरा आखा रसाए ,उठेर अंकमाल गरे। मन मनै हजारौं सल्युट बाबु भने।

अंन्तमा आफू लगायत ४ जना दृष्टि विहिनहरु बसेको त्यो परिवार अनि उनीहरु त्यो पिडा विच कति धेरै खुसी रहेछन् भन्ने लाग्यो । तर त्याहाँ आर्थिक संकट पकै छ भनि ठम्याउन गाह«ो भएन अनि मैले उनलाई सोधेँ बाबु म तिम्रो लागि के गर्न सक्छु ? उसले जवाफ दियो हैन बाबा तपाईले धेरैका लागि काम गर्दै हुनुहुन्छ, तपाईको कुरा सुन्दा कान्दामा धेरै नै गरिब बस्दा रहेछन्,अहिले त्यहि काम गर्नुहोला भन्यो । मैले बुझे त्यो दान विरलै हामी बाट केहि लिन चाहाँदैन./,अनी घुमाउरो रुपमा सोधें तिमिले केहि सिप जानेका छौं ? उसले भन्यो छ बुबा , म धुप, मैन बत्ति र बाँसको मुडा बनाउन सक्छु ,अनि मसला पिसेर बेच्न सक्छु जवाफ दियो ।

अब भन यो मध्ये कुनचाही काम राम्रो हुन्छ मैले सोधें , उसले जवाफ दियो , रिचार्ज गर्ने बत्तिले गर्दा मैन बत्ति विक्न छाड्यो ,मुडा बनाउदा दिन भरमा ५० रुपियाँ भन्दा बढि बच्दैन धुप बनाएर अली कमाई हुन्छ तर यो अलि गाह्रो नै छ, तर मसला पिस्ने कामचाँही राम्रो छ र स्थानीय बजारमा व्यापार पनि गर्न सकिन्छ यस्मा कमाई पनिराम्रो छ तर समस्या यसको लागत अलि बढि लाग्छ । तर बुबा अब म २,/३ बर्षमा मिसिन किन्न सक्छु भन्ने विश्वास छ ।

फेरी प्रश्न गरे कति पर्छ त्यस मेसिनको ? उत्तर यस्तो थियो , मेसिन त ३० देखि ५० हजार सम्मका हुन्छन् रे तर काम गर्न कोठा पनि ठाँउमा नै लिनु पर्छ मसला पनि किन्नै पर्छ , एक लाख जतीमा सबै गर्न सकिन्छ होला ? तर हजुरले यसबारे नसोच्नु होला उसले सख्ती राख्यो ।तर मेरो जवान छोराहरु गुमाएको पिदले लेपित मन निर्णय लियो उनीहरुलाई आत्मनिर्भर बनाउन सकिन्छ र बनाउनु पर्छ। परिनामत भविष्यमा उनीहरुलाई कसैले विचरा भन्ने छैनन् /ति कर्मवीरहरुलाई देख्दा हामीलाई आत्म सम्मान हुनेछ,प्रेरणा मिल्नेछ , ४ जना दृष्टि विहिनहरुको आत्माले हामीलाई आशिर्वाद दिनेछन । यो अभियांनकालागी लागि आजै देखी लक्ष्मी प्रतिष्ठानबाट हामी पनि केहि गर्नेछौ तपाइँ हाम्रो थोपा थोपा जम्मा भै एउटा ठुलो महायज्ञ सम्पन्न हुनेछ ।जसका लागी तपाईको सहयोगको पनि अपेक्षा गर्दछु । विश्वास छ आज सम्म सम्पन्न कार्यक्रमहरु झै यसले पनि एउटा परिवारलाई हप्ता दिनमानै आत्म सम्मान साथ बाँच्ने वातावरण श्रृजना गर्नेछ ।
 
सम्पर्क
लक्ष्मी प्रतिस्ठान
फोन ;४४९२४३९,४४८९४८१
थप जानकारीको लागी www.laxmipratisthan.org मा हेर्नुहोला।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com