काठमान्डू जेष्ठ ३०,
प्रेम आचार्य : बिर्तामोड/ पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफ्ना दाजु–भाइबीचको अंश विवाद नमिलाउादा अंश दिलाइदिन माग गर्दै उनका दाजुभाइले नेकपा–माओवादीमा उजुरी दिएका छन् ।
एमाले अध्यक्ष खनालका भाइहरु पूर्णचन्द्र, धर्मप्रसाद, गंगाप्रसाद, जनकप्रसाद र प्रेम खनालले माओवादी समक्ष न्यायका लागि उजुरी दिएका हुन् । खनाल परिवारले माओवादी केन्द्रीय समिति र झापा जिल्ला समितिमा उजुरी दिएको बताएका छन् । उनीहरुले झापा अर्जुनधारा–६ को लगभग २० करोड भन्दा बढी मूल्यको १० बिघा जमिन अंशमा नपाएको भन्दै उजुरी दिएका हुन् । राजमार्गबाट लगभग १ किमी उत्तरको उक्त जमिन प्रतिकठ्ठा दुई लाख रुपैयाामा बिक्री हुने बताइएको छ ।
विक्रम सम्बत् २०२० साल साउन २६ गते ज्ञानिराम भट्टराईबाट १५ बिगाहा जग्गा जेठा बुवा पुङगनाथका जेठा छोरा रत्ननाथ खनाल (झलनाथका जेठा दाजु) का नाममा रजिष्ट्रेशन गरिएको थियो । माइला बुवा रुपनारायण र कान्छा बुवा लोकनाथले इलामको सााखेजुङको अंश बिक्री गरी सगोलमा १५ बिघा जमिन किनेको छोराहरुले दावी गरेका छन् । खनालका भाइहरुले १५ बिघामध्ये १० बिघा फिर्ता पाउनुपर्ने दाबी गरेका छन् । कूल १५ बिघा जमिनमध्ये ५ बिघा जेठा बुबा पुङगनाथका आठ भाइले अंशबण्डा गरिसकेको अंश दाबी गर्नेहरुले बताएका छन् ।
खनालका तीन भाइ बुबामध्ये झलनाथ जेठा पुङगनाथका जन्तरे छोरा हुन् । जेठा बुबा पुङगनाथले २०२६ साल मंसिर २१ गते तीनै भाइको बरावरी अंश लाग्ने भएकाले पछि रजिष्ट्रेशन गरी दिने र हाल प्रतिबिघा १५ मन धान उब्जनी दिने भनी लिखत गरिदिएको उजुरीमा उल्लेख छ । लोकनाथका जेठा छोरा गंगाप्रसाद खनालले लिखत बमोजिम झलनाथका जेठा दाजु रत्ननाथबाट २०२९ सालसम्म आम्दानी पाएको बताए । २०२९ साल यताको आम्दानी र १० बिगाहा जमिन फिर्ता पाउनुपर्ने उजुरीकर्ताको दावी छ । उनीहरुले बुबाहरु जीवित हुादै अंश मिलाउन जेठा बुबाका जेठा छोरा रत्ननाथसाग पटक पटक आग्रह गर्दा पनि आलटाल गरेको उजुरीमा उल्लेख गरेका छन् ।
वि. सं. २०४६ सालमा पञ्चायतको अन्त्यपछि भूमिगत राजनीति गर्दै आएका झलनाथ खनाल कृषि मन्त्री भए । त्यसबेला माइला र कान्छा बुबाका छोराहरुले भेटेर अंश विवाद मिलाउन झलनाथलाई आग्रह गरेका थिए । झलनाथले पनि मिलाउने आश्वासन दिांदै आए । २०४७ सालमा इलाम सााखेजुङको घरमा आएर झलनाथले आफ्ना काकाकाकीसमक्ष ‘म राष्ट्रकै समस्या समाधान गर्न लागिपरेको मान्छे हुा, आफ्नो घरायसी समस्या समाधान प्रजातान्त्रिक तरिकाले मिलाउाछु’ भनेर आश्वासन दिएको भाइ गंगाप्रसादले बताए । उनले भने ‘आज २६ वर्ष बित्दा पनि दाइ झलनाथले अश्वासन मात्र दिनुभयो, हामीलाई अब उहााले मिलाउनुहुन्छ भन्ने आश मरेको छ, त्यसैले न्यायका लागि उजुरी गर्न बाध्य भएका हौं ।’