अफगानिस्तानको राजधानी काबुल जलालावादको एक
नाकामा बिहीबार सुरक्षा जाँच गर्दै राष्ट्रिय सेनाका गार्ड ।
 तस्बिरः एपी/रासस
काबुल जेष्ठ ३० ,

अफगान प्रहरी र सैनिकले आउँदो १४ जुनमा हुन गइरहेको दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारेको छ । पाकिस्तानले पनि अफगानिस्तानको सिमानामा पर्ने क्षेत्रमा थप सुरक्षा व्यवस्थामा बन्दोबस्त गरेको छ । 

अफगानी अफगान अधिकारीहरूका अनुसार तालिवानको धम्कीका कारण सुरक्षा प्रबन्धमा कडा चुनौती छ । अफगान गृहमन्त्री उमेर दउदाजाईले निर्वाचन बिथोल्नका लागि कयौं विदेशी आतंककारीसमेत अफगानिस्तान प्रवेश गरेको बताए । अफगान सुरक्षा बल यसलाई रोक्न सक्षम भएको उनले दाबी गरेका छन् । शान्तिपूर्ण निर्वाचनका लागि आफ्नो पनि महत्त्वपूर्ण भूमिका भएकोले थप सुरक्षा व्यवस्था गरिएको पाकिस्तानले जानकारी दिएको छ । 

गत अपि्रल ५ मा सम्पन्न राष्ट्रपतीय र प्रान्तीय सदस्यको पहिलो चरणको निर्वाचनमा पनि पाकिस्तानले सीमा क्षेत्र बन्द गरेको थियो । निर्वाचनमा भाग नलिन आमजनतालाई चेतवनी दिँदै तालिवानले नयाँ विज्ञप्ति प्रकाशन गरेको छ । उनीहरू मतदातालाई मतदान केन्द्रबाट टाढा रहन चेतावनी दिएका छन् । 

राष्ट्रसंघका वरिष्ठ शान्तिदूत जान कुबिस्ले बिहीबार अफगान मतदाताहरूले मतदान गर्ने विश्वास व्यक्त गरेका छन् । उनले पहिलो चरणको निर्वाचनमा पनि अत्यधिक सहभागिता रहेको उल्लेख गरेका छन् । (सिन्ह्वा/रासस)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com