इराकमा फसेका नेपाली नागरिकलाई उद्दार गर्न सरकारले विशेष प्रतिनिधि तोक्यो I

 काठमान्डू आषाढ १०,

इराकमा फसेका नेपाली नागरिकको उद्दारका लागि सरकारले १० असारमा विशेष प्रतिनिधि नियुक्त गरेको छ ।

सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनालीलाई ‘इराकमा बस्ने नेपालीको कल्याणका लागि परराष्ट्रमन्त्रीका विशेष प्रतिनिधि’मा नियुक्त गरेको हो ।

इराकमा फसेका नेपाली नागरिकलाई उद्दार गर्ने कार्यसमेतका लागि नेपाली दुतावास कुबेतमा मुकाम कायम गरी इराक तथा अन्य मुलुकमा भ्रमण गरी कार्यसम्पादन गर्ने जिम्मेवारी मैनालीलाई तोकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मैनाली आफ्नो जिम्मेवारी वहन गर्न चाँडै त्यसतर्फ जाने बताएका छन् ।

मन्त्रालयले १० असारमा जारी गरेको विज्ञप्तिमा इराकको पछिल्लो सुरक्षा अवस्थाका बारेमा त्यहाँ विकसित घटनाक्रम र त्यसले त्यहाँ रहेका नेपालीमा पारेको प्रभावका विषयमा मन्त्रालयले गम्भीरतापूर्वक अध्ययन तथा अनुगमन गर्ने कार्यलाई जारी राखेको उल्लेख छ ।

मन्त्रालयमा जडान गरिएको टोल फ्रि टेलिफोन नम्बर १६६०–०१–००१८६ तथा इमेल rescue@mofa.gov.np मा नेपालभित्र तथा बाहिरबाट इराकमा रहेका नेपालीका विषयमा सूचना प्राप्त हुने क्रम जारी नै रहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले माथिको नम्बर तथा इमेलमा सूचना उपलब्ध गराई उद्दारमा सहयोग गर्न सर्वसाधारणमा आग्रह गरेको छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com