गजल :By, मानन्धर अभागी


गजल :

उता तिमी सँधै रुँदा यता मुटु जल्छ सानु
विरानो यो परदेशमा जिन्दगी नै गल्छ सानु

के गर्दैछु था नै हुन्न मान्छे हो कि यन्त्र हो
मेशिन झैं हात गोडा त्यसरी नै चल्छ सानु

पसिना यो रगत खोलो बगाउनु पर्छ यहाँ
घर – परिवार के ठान्छ ? पैसा यहाँ फल्छ सानु

एकैछिन हावासँग वात मार्न नपाउँदै
कति छिटो क्षितिजपारी घाम त्यो ढल्छ सानु

विदेश स्वर्ग भन्ठानेको हैन रै छ , नर्कै रै छ
जिन्दगी यो मरुभुमि आगो झैं बल्छ सानु ।

 मानन्धर अभागी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com