धरान जेष्ठ २४,
पदाधिकारीको राजीनामा माग :
सरकारले वृद्धि गरेको तलब भत्ता उपलब्ध गराउन माग गर्ने कर्मचारीको अधिकारलाई लत्याउँदै प्रतिष्ठान प्रसासनले वेवास्ता गरेको भन्दै प्रतिष्ठानका जुनियर रेसिडेन्ट र चिकित्सकहरुले प्रतिष्ठान पदाधिकारीको राजीनामा माग गरेका छन् । पदाधिकारीहरु प्रतिष्ठानमा आर्थिक वृद्धि गर्ने भनेपनि त्यसो गर्नुको साटो कर्मचारीहरुलाई मारमा पारेर आफ्नो असक्षमता प्रदर्शन गरिरहेको भन्दै असक्षम पदाधिकारीले राजीनामा दिनु पर्ने उनिहरुको माग छ । प्रतिष्ठानमा भ्रष्टाचार व्याप्त भएको भन्दै विज्ञप्तीमा सरकारलाई समेत यसतर्फ ध्यान दिन माग गरेका छन् ।
[गोपाल दाहाल-स्वास्थ्य)
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भैरहेको आन्दोलन चर्किँदै गएको छ । उपचार सेवा नै ठप्प पारेर चलिरहेको आन्दोलनको बिरोधमा विरोधमा बाहिरबाट नाराबाजी समेत हुन थालेको छ ।
शुक्रबार विहान नागरिक संघर्ष समितिको नाममा दुईसय जति मानिसले अस्पतालको आन्दोलन रोक्न माग गर्दै नारा जुलुससहित प्रतिष्ठान प्रवेश गरेका थिए । उनिहरुले आन्दोलनका नाममा सर्वसाधारणलाई सास्ती दिनेहरुलाई ठिक पार्ने धम्की दिए । नेपाली कांग्रेसका केही चिनिएका कार्यकर्ताहरुको बाहुल्यता रहेको जुलुसमा धरानका झैझगडा र गुण्डागर्दीमा संलग्न युवाहरुको समेत संलग्नता देखिएपछि धरानवासीहरु दुर्घटना हुने डरले त्रसित बने ।
संघर्ष समितिले चर्का नारा लगाउँदै आन्दोलनकारी तर्फ अघि बढेपछि प्रतिष्ठानका बाक्लो संख्यामा खटिएका प्रहरीले रोकेका थिए । पहिला नदेखिएको समिति विपीमा पछिल्लो पटक आन्दोलन भएपछि त्यसको विरोध गर्दै जन्मिएको हो । आन्दोलनकारीहरु समितिलाई प्रतिष्ठान प्रसासनले नै परिचालन गरेको आरोप लगाउँछन् । कर्मचारीको आन्दोलनको विरोध गरिरहेका कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङसँगै नेपाली कांग्रेसको क्षेत्रिय समितिका सदस्यहरु आन्दोलनको विरोधमा उत्रिएकालेपनि कर्मचारीहरुले त्यस्तो आरोप लगाउने गरेका छन् ।
विपीको समस्यालाई समाधान गर्न पहल गर्ने तथा धरानको विकास निमार्णमा सहयोग पु¥याउने उदेश्यले ७ ओटा विभिन्न नागरीक समाज सम्बद्ध समितीहरुले गठन गरेको १५ सदस्यीय नागरीक सञ्जालले प्रतिष्ठान र कर्मचारीवीच वार्ताको वातवरण बनाउन पहल गरिरहेको छ । प्रतिष्ठानको आन्दोलन चर्किंदै जाँदा राजनीतिक दलहरु समेत पक्ष र विपक्षमा जोडिन थालेका छन् । एमाले र कांगे्रस प्रतिष्ठान प्रसासनको पक्षमा देखिएका छन् भने अन्य सात वटा दलले कर्मचारीको आन्दोलनको पक्ष लिएर आवाज उठाईरहेका छन् । आन्दोलनका नाममा राजनीतिक कार्यकर्ता, गुण्डागर्दी समूह जस्ताको प्रवेश भएपछि कुनैपनि बेला खतरा निम्तिन सक्ने भन्दै प्रतिष्ठानमा प्रहरी परिचालन गरिएको छ ।

सातदलको आक्रोश:
प्रतिष्ठानमा संघर्ष समितिको नाममा बाह्य हस्तक्षेप भएको भन्दै एमाओवादी लगायतको सात दलिय मोर्चाले शुक्रबार पत्रकार सम्मेलन गरी आफुहरुपनि त्यस विरुद लाग्ने बताएका छन् । आन्दोलनकारीको पक्ष लिंदै आएका उनिहरुले समितिका नाममा भिजिलान्तेहरुको घुसपैठ भएको भन्दै कर्मचारीको आन्दोलनमा बाहिरबाट भिजिलान्ते आएर अवरोध गरे आफुहरु चुप लागेर नबस्ने चुनौति समेत दिएका छन् । प्रतिष्ठानको गेट नजिकै एक रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरेका उनिहरुले आईतबारसम्म समस्या समाधानको पहल गर्नपनि आग्रह गरेका छन् ।पदाधिकारीको राजीनामा माग :