सिरिमा सिरिनी कान्छा बतासै चल्यो . .
बाबरी फुलको बासना सुनमेरी निरमाया . . . . .
हो,
उनि यिनै सदाबाहर नेपाली जनजिब्रोमा बसेको मिठो गीत मा खुब राम्रो नृत्य
गर्थिन.... . . सानै देखि नृत्य र संगीत लाइ अत्यन्त माया गर्ने संगीत
प्रेमी उनि हुन् सुनिता पाख्रिन आफ्नो स्वास चलुञ्जेल संगीतमा समर्पित हुने
बताउनु हुन्छ । ३३ औं वसन्त अघि सिन्धुपाल्चोक ठुलो पाखा गाविस-३ मा
जन्मनु भएकी गायिका सुनिताले स्कुल बढ्दा विभिन्न कार्यक्रमहरुमा सहभागी
हुन्थिन र निकै उत्कृष्ट नृत्य गर्थिन । एस एल सी परीक्षा दिएपछि समयलाई
इति पनि खेर नफाली यसो भनौं समयको महत्वलाई बुझेकी सुनिताले तुरुन्त आफ्नै
जिल्लाकै सरकारी बिधयालयमा पढाउन थालिन ।
परीक्षाफल
प्रकाशित पछि काठमान्डू बागबजार स्थित पद्म कन्या कलेजमा संगीत पढ्न थालिन ।
उत्तिनै खेर पारिवारिक बन्धनमा बाँधिएकी सुनिताले आफ्नो पढाइ सँग सँगै
संगीतलाई पनि अघि बढाइन । कलेज संगीतको पढाइ अघि पढाइ रहँदा आफ्नो नृत्य
भने अलि ओझेल मा परेको उनि स्वीकार्छिन र त्यसपछि संगीतलाइ नै प्राथमिकता
दिंदै अघि बढेकी सुनिता रहरैमा परदेशिएको खुलाइन र प्रवासमा आफ्नो निरन्तर
काम कार्यको बाबजुत संगीत साधनालाई साथ् साथै लगी अहिले '' सुनिता'' एल्बम
निकाल्न सफल भएको बताउनुहुन्छ ।
संगीत मन नपराउने सायद संसार
मा कमै होलान , संगीत जीवन हो , साथि हो प्रिय
प्रेमी हो । संगीतमा त्यो शक्ति हुन्छ जसले हसाउँछ पनि र रुवाउछ पनि तसर्थ
यसै सन्दर्भमा नारीदर्पणका लागि यासिन राईले गायिका सुनिता पाख्रिन (उहाँ
बिगत साढे ५ बर्ष देखि इज़रायलमा कार्यरत हुनुहुन्छ ) सँग गर्नु भएको छोटो
कुराकानी प्रस्तुत छ .. . . .
❖ सुनिता जी आफ्नो बारेमा अलिकति बताइदिनुहोस न !
=> म सुनिता पाख्रिन , मेरो जन्म सिन्धुपाल्चोक
ठुलो पाखा गाविस-३ मा २०३८ मा भएको हो र हाल बसाइ काठमान्डू चाहबेलमा छ । म स्कुल पड्दा नृत्य गर्न अत्यन्त
रुचाउथे र गरे पनि स्कुल सकेसी यसलाई निरन्तरता दिन सकिन संगीत तर्फ लागे
काठमान्डू पद्म कन्या कलेजमा संगीत पढे ।
❖ नृत्यको त्यति पारखी हुनुहुन्थ्यो छ त्यसैलाई निरन्तरता दिउ लागेन ?
=>
त्यो सानोको छँदाको रहरै मात्र रह्यो , संगीतमै कजेल जइन भएसी येतै ध्यान
बढी दिए र उता समय दिन सकिन यसैले अलि ओझेल मा पर्दै गयो नृत्य ।
❖ संगीत यति प्रिय हुनुमा कसैको प्रेरणा छ या आफ्नै चाहना थियो ?
=> म सानै देखि नृत्य र संगीत अत्यन्त मन पराउथे, गीत खुब सुन्ने गर्थे, नाच्ने गर्थे स्कुलमा हरेक कार्यक्रमहरुमा भाग लिन्थे तसर्थ यो मेरो आफ्नै चाहना हो ।
❖ कहिले देखि गीत गाउँन थाल्नु भयो ?
=>
स्कुल समय नृत्यमा व्यतित भो र जब संगीत मा कलेज ज्वाईन भए सँगै पारिवारिक
तथा व्याबहारिक जिम्मेवारी पनि थपियो (मेरो विवाह भयो) । समयलाई इति पनि
खेर नफाली पढ्थे, काम पनि गर्थे एनजीओ मा त्यस बाट संस्थाको केहि अनुभव
बटुल्ने अवसर प्राप्त भयो यस्तै मा अरु विदेश गएको देख्दा मलाइ पनि जाउँ
लाग्यो , कस्तो हुँदो रहेछ विदेश भनि एउटा क्युरियोसिटि जाग्यो र इज़रायल
ट्राइ गरे, हिब्रु भाषा पनि सिके ३ महिना र नेपालमा पढेको संगीतलाई
परदेशमा आएर प्राक्टिकल्ली अघि बढाउन/थाले गाउँन थाले ।
❖ तपाइले काम गर्ने ठाउँमा अभ्यास गर्नको लागि के वातावरण सहज थियो ?
=>
सजिलो थिएन, यहाँ (इज़रायल) आएर सुरुको काम निकै गाह्रो थियो । त्यो पहिलो
काम गर्दा केहि गर्न सकिन । मैले हेर्ने इम्प्लियेरको निधन भयो र म जब
अर्को काम मा गए त्यो दोस्रो काम केहि सजिलो परेको थियो र मैले बिस्तारै
आफ्नो गलाको कला लाइ बाहिर ल्याउन थाले । र, इज़रायलमा हुने हरेक
कार्यक्रमहरुमा गीत गाउथे । म मेरो इम्प्लोयेर काँ राति अबेर सम्म र
दिनमा समय मिल्ना साथ् अभ्यासरत हुन्छु । सुरुमा रियाज गर्दा अलि रिसाउथे
किनकी त्यतिखेर उनीहरुले मलाइ बुझेका थिएनन् कसो के हो किन इत्यादी प्रश्न
हुन्थे तर अहिले उनीहरुलाई था भो मेरो लक्ष्य यसैले आजकल सपोर्ट गर्न
थालेका छन् खुशी लाग्छ ।
❖ इज़रायल नै तपाइको रोजाइमा कसरि पर्यो ?
=>
मेरो आफन्ताहरु म आउँन अघि यहाँ कार्यरत हुनुहुन्थियो यसैले इज़रायल
सम्बन्धि मलाइ धेर थोर ज्ञान भो र भाषा सिकेर एप्लाई गरे भिषा पनि आयो र आएँ
।
❖ परदेशमा पैसा कमाउन सोचे जस्तै सजिलो रहेछ ?
=>
बिल्कुल रहेनछ , हामी स्वदेश मा हुँदा सोचथ्यौं बिदेशमा त यसै पैसा हुन्छ
होला ! तर त्यो १६ रै आना गलत रहेछ । पैसा कमाउन त्यति सजिलो रहेनछ । तर
महिलाहरुको लागि इज़रायल अत्यन्त राम्रो छ ।
❖ सुनिता जी व्यक्तिको हरेक सफलतामा परिवारको ठुलो हात हुन्छ, तपाइको यस सफलतामा परिवारको कस्तो सपोर्ट छ ?
=>
अवस्य पनि कुनै पनि व्यक्ति सफल हुनको लागि परिवारको आशिर्वाद र सपोर्ट
आबस्यक हुन्छ र मेरो बारेमा भन्नु पर्दा सुरुमा म नृत्य गर्दै अघि बढेकी थिए र
संगीत मा नि उत्तिकै लगाव राख्थे तर त्यसलाई मेरो परिवार ले यो एउटा यसै
रहर मात्र हो भन्ठान्नु भएको थियो मेरो श्रीमान् बाहेक अरुलाई त्यति था
थिएन तर अहिले एल्बम निकाले पछि चाहिं स-परिवारलाई अर्को हर्ष/खुशी थपियो,
उहाँ सबै खुशी हुनुहुन्छ र विशेष गरेर दिदी बहिनी र भाइले मेरो हरेक कदममा ठुलो साथ्
र सपोर्ट गर्नु भएकोछ ।
❖ यो '' सुनिता '' एल्बम तपाइको पहिले हो ?
=> हजुर यो मेरो पहिलो एल्बम हो , गीत गाउने कार्य त मैले धेरै गरे तर अरुका हुन्थे अहिले मेरो आफ्नै एल्बम निकाल्न सफल भए खुशी छु ।
❖ यस एल्बम मा कति र कस्ता कस्ता गीतहरु समेट्नु भएको छ ?
=>
यसमा जम्मा ५ ओटा गीत हरु समेटेकी छु र गीतहरु चाहिं सबै खाले रहेका छन्
रोमान्टिक लव सङ्ग, पप, आधुनिक, सेलो आदि रहेका छन् । मैले आफु सँग भएको
प्रतिभालाई यस एल्बम मार्फत प्रस्तुत गरेकी छु कि सुनिता पाख्रिन ले पनि यी
र यस्ता खालका गीत गाउँन सक्छे भनि स्रोताहरुलाइ पस्कने जमर्को गरेकी छु ।
र, यसै एल्बम भित्र बाट एउटा गीत भिजुयल बनाएकी छु । छोटो समयमा धेरै
स्रोताहरुले मन पराइदिनु भएको कुरा उहाँहरुको प्रतिक्रिया बाट मैले पाएकी
छु । जसबाट मैले केहि गर्न सक्दो रहेछु भन्ने ठुलो आँट र हौसला प्राप्त
गरेकी छु ।
❖ ''सुनिता'' एल्बम मा समेटिएका गीतहरु तपाइँ आफैंले नै लेख्नु भएको हो ?
=>
होइन, यसमा गीत लेख्ने र संगीत भर्ने आदरणीयहरु गीतकार तथा संगीतकरहरु
यसप्रकार हुनुहुन्छ .... ''सधैभरि तिमीलाई लहरामा बेरिराखुं '' (गीतको बोल) यो गीत बरिष्ठ गीतकार गगन बिरही ज्यू को हो यसमा _ संगीत भर्ने काम प्रेमी ज्यू ले गर्नु भएको छ तथा यसको एरेन्ज चाहि आशिष अविरल ज्यू ले गर्नु भएको छ ।
_
''कस्तो कस्तो लाग्छ मलाइ तिम्रो बिदाको बेलामा'' (गीतको बोल) यस गीतको
शब्द संगीत प्रेमी ज्यू को नै रहेको छ भने एरेन्ज अविरल ज्यू ले गर्नु भएको
छ ।
_ '' तिमीले मलाइ '' (गीतको बोल) यो गीत रोमान्टिक
लव सङ्ग हो, यस गीतको शब्द संगीत डुप्पा लेप्चा ले गर्नु भएको छ भने एरेन्जर
गोपाल रसाइली ज्यू हुनुहुन्छ ।
_ ''कहिले छहरा सँग कहिले पहरा सँग
'' (गीतको बोल) यो लोक पप गीत हो, यस गीतको शब्द संगीत टिका बोम्जन ज्यू ले
गर्नु भएको छ भने एरेन्जर पवन वाङ्ग लामा ज्यू ले गर्नु भएको छ ।
_
'' मेरो आँखै गाजलु '' (गीतको बोल) यो गीत सेलो मा रहेको छ , यसको शब्द
संगीत टिका बोम्जन ज्यू हुनुहुन्छ भने एरेन्जर पवन वाङ्ग लामा ज्यू हुनुहुन्छ ।
❖ यो '' सुनिता'' एल्बम निकाले पछि केहि विश्राम पश्चात फेरी अर्को एल्बम पनि निकालु भन्ने सोच जन्माउनु भएको छ ?
=>
अबस्य पनि , अहिले एक हप्ताको अन्तराल मा मैले जुन सकारात्मक
प्रतिक्रियाहरु पाए स्रोताबाट त्यसले मलाइ अत्यन्तै हौसला र प्रेरणा दिएको
छ अझ म यो भन्दा राम्रा मन छुने गीत पस्कन सक्छु भन्ने आत्मा बिस्वाश
बढेको तसर्थ म फेरी पनि एल्बम निकाल्ने सोचमा छु ।
❖
नेपालमा संगीत सिक्नु भो प्रवासमा गाउनु भयो, एल्बम निकाल्नु भो अब पुनः
नेपाल फर्के पछि संगीत/गायनलाई नै निरन्तरता दिनु हुन्छ कि अब रहर पुग्यो
होस् भनि छोड्नु हुन्छ ?
=> वास्तवमा भन्नु पर्दा संगीत
हाम्रो जीवनको अपरिहार्य, अभिन्न पार्ट हो त्यसमा पनि मेरो लागि गीत संगीत
ले ठुलो महत्व राख्दछ । म संगीत लाइ पुज्दछु , छाम्दछु, प्रेम गर्दछु म
कहिल्यै पनि संगीत बाट टाडा रहन सक्दिन । मलाइ यस्तो लाग्छ जिन्दगी मा मैले
जस्तोसुकै कार्य गरूँ त्यहाँ मेरो जीवन पूर्ण हुन्न मात्र संगीत ले पूर्ण र
सन्तुष्ट हुन्छ । यसर्थ म मेरो संगीत र गायन लाइ निरन्तरता दिइ रहने छु
मेरो भड्कन, स्वास चलुञ्जेल ।
❖ कस्तो खालको गीत गाउँन बढी रुचाउनु हुन्छ सुनिता जी ?
=>
अर्थपूर्ण र समाजलाई सकारात्मक संदेश दिने आधुनिक, सेलो, पप सबैखाले गीत
गाउँन रुचाउँछु । यस्तै स्वादका गीतहरु मैले मेरो पहिलो एलबम ''सुनिता'' मा
पनि समेटेकी छु । अब म प्रतिक्ष गर्छु कि मेरा स्रोताहरुले के कस्तो
प्रतिक्रिया दिनु हुन्छ त्यसलाई पनि म फलो गर्ने छु कि सुनिता पाख्रिन ले
यस्तो गाउँदा सुइटेबल/ सुहानुँदो हुन्छ ।
❖ संगीत के हो ? अथवा संगीतलाई तपाइँ कसरि परिभाषित गर्नु हुन्छ ?
=> मेरो बिचारमा संगीत हरेक आत्मा संग सम्बन्धित छ । जसले शुख, दुख, हाँसो, खुशी , पीडा, रोदन यी सब्बै पल, क्षणमा मान्छेलाई साथ् दिन्छ । जस्तै अहिले म यसरि परदेशमा छु मेरो लागि संगीत नै साथि हो, परिवार हो सबै थोक हो । साच्चै भन्नु पर्दा संगीतको धुनले हरेक मान्छेको हृदये स्पर्श गर्छ ।
❖ सुनिता जी अन्तमा अलिकति फरक प्रश्न , तपाइँ अन्तराष्ट्रिय नेपाली कलाकार मंचको अध्यक्ष पनि हुनुहुन्छ, यस संस्थाले यहाँ (इज़रायल) स्थित रहनुहुने नेपालीहरुलाई के कस्तो अवसरहरु प्रदान गरेको छ ?
=> भन्छन संगीतको, कलाको कुनै भाषा, जात, धर्म हुँदैन कलाप्रेमिको लागि यो एउटा प्लेटफर्म हो यसले इज़रायलमा रहनु भएको थुप्रै नेपाली दाजु भाइ तथा दिदी बहिनी हरुलाई समेट्न प्रयत्नरत छ जो आफु संग प्रतिभा भएर पनि बसिरहनु भएको छ उहाँ हरुलाई सोहार्द्रपूर्ण वातावरण तयार गरि समेट्दै आएको छ र आगामी दिनहरुमा पनि समेट्ने छ ।
❖ अन्तिम मा तपाइँ आफ्ना प्रियजन आफन्त, स्रोताहरुलाई के भन्न चाहनु हुन्छ ?
=> अन्तमा मेरो बुवा, दिदी बहिनी , भाइ , मेरो श्रीमान् परिवारका सदस्य लगायत सम्पूर्ण नाता, आफन्त , मित्रजन , शुभचिन्तक सबैमा धेरै-धेरै धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु ।आज म उहाँ हरुकै माया , स्नेह र साथ् सपोर्ट पाएर नै '' सुनिता'' एलबम निकाल्न सफल भएकी छु । अब म अपेक्ष गर्छु मेरा प्रिय स्रोताहरुले सकारात्मक, राम्रो र अझ हौसला बढाउने प्रतिक्रिया दिनुहुने छ ।
र, अन्तमा यस अन्तर्वार्ताको लागि नारीदर्पण डटकम परिवार प्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु ।
=====>>>>> Video . . . . . . तिमीले मलाइ. . .. ...
=====>>>>> Video . . . . . . तिमीले मलाइ. . .. ...