बघौडाआषाढ ७,
वन तथा वन्यजन्तु संरक्षण सम्बन्धि २ दिने अन्तक्र्रियात्मक कार्यक्रम आजदेखि बघौडा मध्यवर्ति उपभोक्ता समितीकोे सभाहलमा सुरु भएको छ ।
चितवन राष्टिय निकुन्ज , बघौडा मध्यवर्ति उपभोक्ता समिती र वन्यजन्तु शिकार नियन्त्रण युवा जागरण अभियान बघौडाको संयुक्त आयोजनामा संचालित कार्यक्रममा आज विषादीको प्रयोगबाट मानव, पशु र वालीनालीमा पर्ने असरको बारेमा टिकाराम पौडेलले जानकारी गराउनुभएको थियो ।
त्यस्तै प्रशिक्षक एवं तालका सामुदायिक परिचालक एकराज भण्डारीले नेपालको जैविक अवस्था, जलवायु परिवर्तनबाट वायुमण्डलमा आएको परिवर्तन र चोरी शिकार नियन्त्रणका लागी युवा सक्रियता सम्बन्धि प्रशिक्षण दिनुभएको थियो । यसैबिच, आजै दिनेश्वर महतोको अध्यक्षतामा ११ सदस्सीय चोरीशिकार नियन्त्रण युवा जागरण अभियान बघौडा उपसमितीको .पुनर्गठन गरिएको छ ।
जसको उपाध्यक्षमा हरिकृष्ण लामिछाने, सचिवमा रेनुका भुसाल , कोषाध्यक्षमा प्रकाश क्षेत्री , त्यसैगरि सदस्यहरुमा सागर महतो, मेघि महतो, पार्वती बराल , राजकुमार पावे, मनोजकुमार महतो , बालकृष्ण लामिछाने र सरोज लामिछाने रहनुभएको छ ।