बिदा मनाउन गएकी एक चिनिया महिला आफू अचानक अस्वस्थ भएको महसुस गरेपछि घर फर्किइन् । घर फर्किएपछि चिनिया जडिबुटीको औषधि खाइन् । तर, जब उनको पेटबाट ८ फिट लामो टेपवर्म (फित्ते जुका) निस्कियो, उनको होसहवासै उड्यो ।
लि नाम गरेकी ती महिला बिदा मनाउन दक्षिण पूर्वी एशियाली देशमा गएकी थिइन्, जहाँ उनले काँचो बिफ (गाईको मासु) खाइन् । फुजियान प्रान्तको जियामिनकी ३० वर्षीय ती महिला बिरामी भएपछि र दिसामा समेत अनौठो तरल पदार्थ देखिएपछि घर फर्किइन् र डाक्टरकहाँ गइन् । जाँचेपछि डाक्टरले उनलाई टेपवर्ककै कारण हुने टेनाइसिस संक्रमण भएको बताए ।
डाक्टरले उनलाई पारम्परिक चिनिया औषधिले उपचार गरे र उक्त जुका निकाल्न सफल भए । अहिले उनी स्वास्थ्य लाभ गरिरहेकी छिन् ।
उनी भन्छिन्, ‘अझैं पनि त्यो सम्झिएँ भने म फेरि बेहोस हुन्छुु ।’
डाक्टरहरुका अनुसार दिसा लागेको हात नधोईकन खाना खाँदा, खाना या पानीका माध्यमबाट या काँचो बिफ या माछाको माध्यमबाट त्यस्ता जुका मानिसको पेटभित्र पस्छन् । यस्ता जुकाको संक्रमण हुँदा पेट दुख्ने, बान्ता हुने, झाडापखाला हुने या तौल घट्दै जाने हुन्छ । यद्यपि कसैमा भने यी कुनै पनि लक्षण देखिदैंनन् ।
त्यस्ता व्यक्तिले दिसामा फित्ते जुकाका टुक्रा देखेपछिमात्र थाहा पाउछन् ।
यस्ता जुकाको संक्रमणले मानव स्वास्थ्यमा गम्भीर समस्या निम्तने विशेषज्ञहरु बताउछन् । विकासोन्मुख देशमा यस्ता समस्या सामान्य भएपनि बेलायतमा भने एकदम असम्भव जस्तै हुन्छ ।
एजेन्सी: