प्यूठानमा राहदानी शुल्कबाट रक्त सञ्चार केन्द्र स्थापना I

प्यूठान, १२ असार,

जिल्लामा देखिएको रगत अभाव अन्त्य गर्न राहदानी शुल्कबाट रक्त सञ्चार केन्द्र स्थापना गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले प्रसूति गृह सञ्चालन गरे सँगै प्यूठानमा देखापरेको रगत अभाव अन्त्यका लागि निःशुल्क भर्न पाईने राहदानी फर्ममा शुल्क लगाई रक्त सञ्चार केन्द्र स्थापना गर्ने तयारी भएको हो ।

जिल्ला प्रसासन कार्यालयले सर्वपक्षीय निर्णय गराई रक्त सञ्चार केन्द्र स्थापना गर्न भन्दै राहदानी फर्ममा रु १५० शुल्क उठाई त्यसैबाट रक्त सञ्चार केन्द्र स्थापना गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बतए । जिल्ला अस्पताल विजुवारमा जिल्ला रेडक्रस शाखा प्यूठानले स्थापना गरेको रक्त सेवा आर्थिक अभावमा प्रभावकारी रुपमा सञ्चालन नभएको भन्दै शाखाका महामन्त्री दामोदर शर्माले राहदानी फर्मबाट आर्थिक संकलन गरी रक्त सञ्चार सेवालाई रक्त संकलन केन्द्रको रुपमा स्थापना गरिने बताए ।

प्यूठान, रोल्पा, अर्घाखाँची र गुल्मीलाई लक्षित गरी जिल्ला अस्पताल प्यूठानले प्रसूति गृह सञ्चालन गरेपनि जिल्लामा हाल रगत अभाव हुने गरेको छ । रगतको ब्यवस्था नहँुदा केही प्रसूति समस्या समाधान गर्न जटिल हुने गरेको भन्दै जनस्वास्थ्य प्रमुख डा फणिँन्द्रप्रसाद बरालले जिल्लामा तत्काल रक्त संञ्चार केन्द्रको स्थापना गर्नुपर्ने बताए । प्यूठानमा राहदानी र्फमबाट मासिक रु २५ हजारदेखि ३५ हजारसम्म आम्दानी हुने गरेको जिल्ला प्रसासन कार्यालयले जनाएको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com