रूस लेखक संघको 'लेर्मोन्तोभ पदक’ बाट नेपाली साहित्यकारद्वय कृष्ण धरावासी र अमर न्यौपाने विभूषित I

मास्को आषाढ ५,

कृष्णप्रकाश श्रेष्ठ : रूसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोहमा भाग लिन मास्को आइरहनुभएका मदन पुरस्कार विजेता नेपालका लब्धप्रतिष्ठ साहित्यकारद्वय श्री कृष्ण धरावासी तथा श्री अमर न्यौपानेलाई रूस लेखक संघले रूसका विख्यात कवि एवं गद्यकार मिखाइल ले र्मोन्तोभको नाममा स्थापना गरिएको साहित्यिक सम्मान ।

 लेमोन्तोभ पदक’ बाट विभूषित गरि एको छ । यसै साल रूसमा पनि भानुभक्तकै दौंतरी रूसी कविको द्विशतवार्षिक समारोह भव्यताका साथ मनाइँदैछ । आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति, रूस महासंघको अग्रसरतामा रूस ले खक संघ मास्को नगर संगठनको कार्यालयमा रूसी लेखक–कविहरूसंग नेपली साहित्यकारहरूको सद्भावना भेटघाटको कार्यक्रम राखिएको थियो । 

झण्डै ३ हजार सदस्यसंख्या भएको मास्को नगर संगठनका अध्यक्ष प्रो. भ्लादीमिर गुसेभले नेपालका अतिथि–साहित्यकारद्वय श्री कृष्ण धर ावासी एवं श्री अमर न्यौपाने र उहाँलाई साथ दिने हामी सबै नेपालीहरूको हार्दिक स्वागत गर्नुभयो । सद्भावना भेटघाटको अवसरमा रसियाली पक्षबाट रूस लेखक संघ मास्को नगर संगठनका कार्यकारी अध्यक्ष, कवि भ्लादिमिर बोयारिनोभ, रुसको राजकीय पुरस्कार विजेता कवि भ्लादिमिर सिल्किन, रूसी भाषामा लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ।

मुनामदन’ को छन्दानुवादकर्ता इभान गोलुब्निची र दोनवर्ती रोस्तोभ नगरनिवासी कवि इगोर एलिसेएभको सहभागिता रहेको थियो भने नेपाली पक्षबाट गैरआवासीय नेपाली संघका केन्द्रीय निवर्तमान अध्यक्ष जीवा लामिछाने, द्विशतवार्षिक समारोह समितिका अध्यक्ष कृष्णप्रकाश श्रेष्ठ, उपाध्यक्षद्वय डा. मधुकृष्ण श्रेष्ठ (गैर आवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष) तथा गोविन्दप्रसाद गौतम (विश्व ने पाली साहित्य महासंघ रूस शाखाका अध्यक्ष), कोषाध्यक्ष डिल्ली खरेल । सुमन’ को उपस्थिति रहे को थियो । 

सौहार्दपूर्ण वातावरणमा सम्पन्न विचारविमर्शको क्रममा पैmलावटमा विशाल देश रूस र अग्लाइमा आकाश छुने देश नेपालको प्राचीनतम सन्निकटता, भाषिक, सांस्कृतिक र वैचारिक समानतामा जोड दिइनुका साथै रूसी र नेपालीमा छोटा कविताहरू पनि पढिएको थियो । निष्कर्षस्वरूप दुवै दे शका साहित्यकर्मिहरुको आपसी सम्पर्क र प्रतिनिधिमण्डलहरुको आदानप्रदानका साथै रूसी तथा ने पाली साहित्यिक कृतिहरुको एक अर्काको भाषामा अनुवादको महत्व र आवश्कताबारे जोड दिइएको थियो । यसै परिप्रेक्ष्यमा दोनवर्ती रोस्तोभ नगरका कवि इगोर एलिसेएभद्वारा नेपालका आदिकविको द्विशतवार्षिक समारोहप्रति समर्पित गरी प्रकाशका ल्याइएको द्विभाषिक (रूसीबाट नेपालीमा कृष्णप्र काशबाट पद्यानुवाद गरिएको) कवितासंग्रह । 

स्वर्गद्वारीको पुल’ को विमोचन गरिएको थियो । विश्व नेपाली साहित्य महासंघबाट अदिकवि भानुभक्तका कविता र काव्यांशको मूल पाठ र रूसी भाषामा कृष्णप्रकाश श्रेष्ठ तथा ल्युदमिला साल्तिकोभाको संयुक्त छन्दोबद्ध अनुवाद समेत समावेश गरि एको । लोकको गरूँ हित भनी’ शीर्षकमा प्रकाशित ग्रन्थ रूस लेखक संघ मास्को नगर संगठनको पुस्तकालयका लागि प्रदान गरिएको थियो भने सद्भावना भेटघाटमा उपस्थित रूसी लेखक–कविहरूलाई बुद्धको मूर्ति उपहार दिइएको थियो । 

विदेशी साहित्यकारहरूमध्ये सर्वप्रथम नेपाली साहित्यकारद्वयलाई रूसी कवि मिखाइल लेमो र् न्तोभको नामले विभूषित पदक प्रदान गरेर सम्मान गरिएकोमा रूस लेखक संघप्रति कृतज्ञता ज्ञापन गर ेर हामीले यो अविस्मरणीय घटनालाई छविचित्रमा अंकित गर्न फोटोहरू पनि खिंचेर ल्याएका छौं... दिनांक ः १७ जून २०१४, मास्को, रूस महासंघ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com