कार बम विस्फोटमा एक चिकित्सकको बिभत्स मृत्यु I

मोगादिसु आषाढ ५,

सोमालियाको राजधानी मोगादिसुमा बुधबार भएको एक कार बम विस्फोटमा एक चिकित्सकको मृत्यु भएको समाचार छ । यस बम आक्रमणमा अन्य दुईजना घाइते भएको अस्पतालका अधिकारी र प्रत्यक्षदर्शीले जनाएका छन् । 

उक्त बम उत्तरी मोगादिसुमा अवस्थित किसान्से अस्पतालमा कार्यरत चिकित्सककै कारमा जडान गरिएको अनुमान गरिएको छ । उक्त अस्पताल सोमालिया रेड क्रिसेन्ट सोसाइटी र इन्टरनेसनल कमिटी अफ द रेडक्रस (आइसीआरसी) को सहयोगमा सञ्चालन भइरहेको बताइएको छ । यस आक्रमणमा एक चिकित्सकको मृत्यु हुनुको साथै अन्य सर्वसाधारण पनि घाइते भएको जनाइएको छ । 

प्रत्यक्षदर्शीका अनुसार यस विस्फोटमा परी अस्पतालमा उपचारको क्रममा आएका बिरामीसमेत घाइते भएका छन् । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर मोगादिसुमा बारम्बार अल कायदासँग आवद्ध सिबाव विद्रोहीले आक्रमण गर्दै आएका छन् । रासस/एएफपी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com