कविता, "क्षितिज चेतना" :By, निशा खनाल अर्याल


कविता
"क्षितिज चेतना"


क्षितीजको चेतना शुन्दर सृष्टि,
दुर्गम कठोर चट्टानमा उम्रिएको पिपल,
मौलाउदै झागिदै विशाल वृक्ष जस्तो ।

 नदीका अन्तसम्म लम्वने किनाराहरु,
विषम भौगोलिक वनावट विरुद्धमा,
अविरल कटानले सुगम राजमार्ग बन्दै जस्तो ।......

विपरित गन्तव्यका यात्रिको सङ्गम,
सरस पोखिदै इतिहास यात्रा विवरण,
चीसो लेखको ठंडिमा एकरात गुजारे जस्तो ।

 जीवन भित्रको शुख दुख मीश्रित चौतारी,
इन्द्रीय प्रभाव, मिलन, विछोड, विकार,
द्रविभूत भावना, ब्रह्मग्यानमा खरानि भए जस्तै ।

 क्षितीज, प्रकृति पुरुषको स्वभाविक सङ्गम,
हजारौं श्रिष्टिको निरन्तर शत्ता भित्र ,
पूर्वज झै क्षणभङ्गुर जिन्दगि जस्तै ।

 विक्षिप्त त्रिष्णामा घेरिएको क्लान्त ह्रदय ,
इतिहास भित्र वांच्ने रहर,सन्तानको चिन्ता,
मालिको प्राक्रितिक विरुवा मोह जस्तै ।

 कल कल झरना झै शुन्दर कविता,
पंक्षीको स्वभविक चिरविर, तरंगहरु,
विपरित ध्रुवको प्रेरणा ,नदीको दोभान जस्तो

निशा खनाल अर्याल
इज़रायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com