खोलेसिमल बजारमा प्रहरी विट माग I

जुटपानी जेष्ठ २६,

जेठ पूर्वी चितवनको ग्रामिण क्षेत्रमा रहेको खोलेसिमल बजार मा स्थानीयहरुले प्रहरी विट स्थापनाको माग गरेका छन । सिद्धि विनाएक आमावि मा रहेको स्काउट ट्रुप र जुनियर रे डक्रस सर्कलले आयोजना गरेको लागु औषध र्दुव्यसनी एवम् ट्राफिक नियम सम्वन्धी सचेतना कार्यक्रमममा वोल्ने बक्ताहरुले यस्तो माग हुन ।

सामुदायिक सेवा केन्द्र रत्ननगर र इलाका प्रहरी कार्यालय रत्ननगरको संयोजनमा भएको कार्यक्रममा उनीहरुले खोलेसिमल बजारमा आधा दर्जन वित्तिय संस्था,करिव २ सय व्यापारिक पसल र विभिन्न संघ संस्था र हेकोले सुरक्षाको दृष्ट्रिकोणले खोलेसिमल बजारमा प्रहरी विटको आवश्यकता रहेको बताएका हुन ।

कार्यक्रममा इलाका प्र हरी कार्यालयमा प्रमुख प्रहरी नायव उपरीक्षक टिका बहादुर कार्की र सामुदायिक सेवा केन्द्रका भूपेन्द्र अधिकारीले स्थानीयले गरेको माग लाई मध्यनजर गरी खोलेसिमल बजार मा प्रहरी विट राख्न प्रयत्ज गर्ने बताएका थिए ।

कार्यक्रममा खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि भण्डारी , सिद्धि विनाएक आमाविका प्रिस्सीपल विष्णुमणि लामिछाने,स्काउटर साजन थापामगर,शिक्षक नवराज बन्जरा लगायतले वोल्नुभएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com