गजल :
आजभोलि मेरो गजल देशैभरि चर्चा छ
मलाई यो थाहा छैन कुनचाहिं दर्जा छ
जसले फटाइँ गर्छ सवक त्यो सिकाउन
कसैलाई व्यङ्ग गर्दा रिसाउने प्रथा छ
रिसानी क्षमा चाहन्छु अन्याय हेर्न सक्तिनँ
खै किन हो मलाई यस्तै यस्तै लेख्ने नशा छ
मेरो धर्म त्यो दायित्व मात्र प्रतिनिधि हुँ
मेरो गजल भित्र मान्छेको कथा व्यथा छ
कुनै गजल तीता होलान् त कुनै मीठा होलान्
ताली र गाली पाउँदा छुट्टै अर्को त्यो मजा छ ।
मानन्धर अभागी