कविता : " धर्ती र आकाश " By, निशा खनाल अर्याल


कविता : " धर्ती र आकाश "

"मलाई त् कविता फुराउँन छाडे ,
किन कि म भाव शुन्य भए ,
वर्षात झैँ बर्सिने आशु रोकिए,
किन कि म पिर ब्यथा गुन्य भए "
भाव बिभोर भएर आउने आशु खै , 
छचल्किएर हरायो कता ?
हर्ष खुशीको स्रोतहरु शुन्य भए ,
 ज्ञानेन्द्रीयका स्पर्शले त्रंगित हुने ,
स्नायु भित्रको चेतना शुन्य हुदाँ खेरि,
तरंग वग्न छाडे , सायद .....!

त्यही शुन्य जस्तै मेरो आत्मा ,
महाशुन्यमा विलिन हुन् पुग्यो कि....?
त्यसैले होला म पनि मोक्ष भए ...!
अनि सम्झिन छाडे सबैलाई ....
मेरो मन भित्र बसेको मायाँ..
त्यो स्नेहको घर भताभुंग भएर ,
त्यसै भत्किदा खेरि ....!

त्यसैले होला सायद ,
क्षितिजमा मिलनको आभाष हुन्छ,
 अन्नत,निरन्तर तर ,...
कल्पना र भावनको दृष्टि भित्र मात्र ,
मानौ दुबैको संगम यस्तै हुन्छ !
 आफु उभिएको धर्ति र
आकाशको मिलनको कल्पना ,!"

तर बिशाल धर्तिको हाम्रो,
दृष्टि पहुच गोलाई संग ,
अखण्ड व्यापक आकाशको ,
सम्झौताको टुक्रा मात्र हो !"
सुक्षम दृष्टिले मात्र अनुभूति हुन्छ,
हाम्रो क्षितिजको कल्पना ,
विशाल ब्रह्माण्डमा अबस्थित ,
 अनेकौ ग्रह उपग्रह संगको ,
वास्तविक भन्दा धेरै टाडा हुन्छ !"

जीव र इस्वरको सम्बन्ध जस्तै ..!
कहिलै नटुंगिने यात्रा जन्म र मरण ,
महाज्ञान भित्रको एक अंश ,
सायद त्यसैले होला ...
आकाश धर्तीलाई हेरी रहन्छ ...
अनि, धर्ति आकाशलाई ....!"

निशा खनाल अर्याल
इज़रायल




Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com