कविता, 'देवता होइनौ नारी' By श्रीभक्त पौडेल


कविता ' देवता होइनौ नारी '

स्विकार्छ संसार तिम्रो ममता लाई सलाम
अपार सहन, तिम्रो क्षमता लाई सलाम

आमाको रुप सृस्‍टि तिम्रो, पोल्टोमा छ
अतुलनिय छौ यो महानता लाई सलाम

देक्दिनौ भिन्न रती संतती आफ्नै हुन्
अपूर्ब क्षमाशील, समानता लाई सलाम

आन्चल तिम्रो आकास छत्र छायामा छु
आधार हौ धान्ने त्यो लता लाई सलाम

नारी हौ, नारित्व पुजिन्छ, धर्तिमा सदा
देवता होइनौ नारी उदारता लाई सलाम

श्रीभक्त पौडेल ¨आफन्त¨
रामपुर चितवन 
हाल स्पेन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com