गज़ल :By, कोमल भट्ट


 गज़ल :

बुढेसकालले छोयो क्यारे,कपाल सबै पाक्यो अब
सोच्न छोड्यो मस्तिष्कले,मनस्थिति थाक्यो अब

नाना थरी बिमारीले,दु:ख दिए सधैं भरि
किन किन लाग्न थाल्यो "दैवले नै डाक्यो अब"

आशा इच्छा मरी सके,ओइलिएको फूल जस्तै
क्षितिजमा कालो कालो,बादलुले ढाक्यो अब

चल्न फिर्न गाह्रो भयो,आँगनी भो कता कता
प्रकृतिले कोल्टे फेर्यो,घरै भित्र जाक्यो अब

आफन्त नि पातलिए,बस्नु पर्दा अशक्त भै
समयले आफैँ तिर,तीखो वाण ताक्यो अब

तेरो मेरो भन्दा भन्दै,बित्यो सबै जिन्दगी यो
बल्ल बुझ्यो धर्म कर्म,देवी द्यौता भाक्यो अब

कोमल भट्ट
 पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका


 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com