दीपक केसी को चुनौतीलाई साथ् दिउँ I

 आषाढ ९,

टेरिया मगरलाई जिताइयो अब अपांगता भएका प्रतिभाशाली र समाज रूपान्तरणमा प्रतिबद्ध दिपक केसीलाई जिताउं। समय एकदमै कम छ, श्यर गरौं र भोट हालि हालौं।

दिपक केसी एसओएस बालग्राम अन्तराष्ट्रियद्वारा प्रदान गरिने हर्मन माइनर पुरस्कार २०१४ को अन्तिम ४ पुरुष युवाहरुको समुहमा छानिएका छन्। उनी एक हजार मतले मात्र दोस्रो स्थानमा भएको बताइएको छ।

दिपक केसी व्हीलचेयर प्रयोग गर्छन, अर्किटेक्चरल इंजिनीरइंगका स्नातक हुन् ।

उनी अपाङ्गहरुको पुनर्स्थापनाको लागि काम गर्ने संस्था इन्डीपेंड़ेन्ट लिविंगका संस्थापक सदस्य हुन्। उनको सक्रियातामा राष्ट्रिय शारीरिक अपाङ्ग टेबुल टेंनिस संघ नेपाल स्थापना भएको हो।

उनी सम्पूर्ण सार्वजनिक स्थलहरु र साधनहरु सबैको प्रयोगको लागि योग्य हुनु पर्छ भन्ने अभियानमा लागेका छन् र यसका लागि आवश्यक नीति निर्माण गर्न सरकारलाई पनि सघाउदै छन्।

एसओएस बालग्राम अन्तरास्ट्रीय अन्तर्गतका १३३ राष्ट्रहरुमा संचालित बालग्रामहरुबाट शिक्षा-शिप प्राप्तगरी समाजमा पुनर्स्थापित भएका तर समाजको परिबर्तनको लागि राम्रो योगदान गर्न सफल युवाहरुकालागी यो पुरस्कारको स्थापना गरिएको हो।

प्रिय मित्रहरु, अब यो अन्तराष्ट्रिय पुरस्कार को अन्तिम बिजेता को निर्णय गर्ने अधिकार अब तपाईको हातमा सुरक्षित छ। गएको सातादेखि अन्तिम नतिजाको लागि अनलाइन भोटिंग शुरु भएको छ र यो क्रम जुन २२ (अषाढ ८) मा समाप्त हुदैछ। त्यसैले उनलाई जिताउन सहयोग गरिहालौं।

भोटका लागि निम्न वेबसाइटहरुमा गएर आफ्नो मत प्रदान गर्न सकिन्छ। एक भन्दा बढी भोट दिन सकिन्छ तर फरक वेबसाइट तथा browser प्रयोग गर्नुपर्ने हुन्छ।
 (सपोर्टको लागि, साभार-सामाजिक संजाल बाट)
 
http://www.sos-childrensvillages.org/about-sos/hermann-gmeiner-award-2014/hg-award-2014-maya-dhal-(5)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com