बनेपा आषाढ ९,
अवैधरूपमा मिर्गौला बेचविखनको आरोपमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला अदालत काभ्रेले आज तीन/तीन वर्ष कैद फैसला गरेको छ ।
जिल्ला न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको एकल इजलासले नुवाकोटका मदनपुर–१ बस्ने ३८ वर्षीय कृष्णबहादुर दर्जी, सोही ठाउँका ३५ वर्षीया विना दर्जी र काभ्रेको भोक्से–१ बस्ने ४५ वर्षीय प्रेम बजगाईंलाई मानव अङ्ग बेचविखन ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा १५ खण्ड (च) बमोजिम सो फैसला गरेको अलादतका श्रेष्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिए ।
मानव अङ्ग बेचविखन र ओसारपसारको दुईवटा मुद्दामा अदालतले सो फैसला गरेको हो । त्यस्तै अर्को मुद्दामा बजागाईंले पनि प्रलोभन देखाएर भारतमा लगेर मिर्गौला झिकेर रु एक लाख ५० हजार दिने आश्वासन दिएको पीडितले जाहेरीमा उल्लेख गरेको थियो । रासस: