९ बर्षीय बालिका बलात्कार गरि युवक फरार I

काठमान्डू जेष्ठ ३०,

सप्तरीमा एक युवक आफ्नै छिमेकी नौ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका छन् । तिलाठी गाविस–७ का २१ वर्षीय राजीव झाले बालिकालाई जबरजस्ती नियन्त्रणमा लिएर बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

आफन्तको घरबाट विवाहमा सरिक भई फर्कंदै गरेकी पीडितलाई सोमबार बिहान ५ बजे एक्लैदेखि डरधाक, धम्की देखाई आँपको बगैंचामा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार उजुरी दिएका छन् । उजुरीका आधारमा आज मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । पीडितको गत मङ्गलबार राजविराजस्थित अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ । 

घटनापछि फरार आरोपितको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक खेमनारायण चौधरीले बताउनुभयो । विगत ११ महिनाको अवधिमा सप्तरीमा भएका बलात्कारका घटनामध्ये २४ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । एनबी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com