कविता, "बिदेशीको गुलामी कि आफ्नै देशको शान ? निशा खनाल


"बिदेशीको गुलामी कि आफ्नै देशको शान ?

मलाई त् मन पर्यो ,
हिजोको नै शासन ,
अनि त्यही शान,
 सुन्दर प्रकृति ,
कल्कलाउँदो झरना ,
सिर्सिर बहने हावा
त्यही हरियो डाडा पहाड
 चिर्चिर र कुहुकुहुको ,
 सुईसुई गर्ने सुरिलो स्वर ..../
 टलक्कै चादी झैँ
सेता,टल्किने हिउ र, 
सुनौलो रंगमा आकार लिदै
परिणत हुदै जाने आहा त्यो दृश्य ,!

चाहिदैन नया रंग ,
चेतनाको नाममा ,
ढोंगीहरुको त्यो आड ,
न त् त्यो हिड्ने नयाँ बाटो ,
पैसामा किन बेचको व्यापार ,
दुखि गरिबलाई तर्साएर ,
गाउका सोझा साझालाई भड्काएर,
आफन्तमा आगो लगाई ,
जीवन त्रसित बनाएर,
एकताको नाता भित्र ,
धर्म जाती छुट्याएर ,
बिदेसिले लगाए खाए झैँ
स्वतन्त्रताको ढर्या यहा ,
म त् आफ्नै देशको धर्म , संस्कृति,
जोगाउन र त्यसैमा रमाउन
लागि पर्ने मान्छे पो त् !
चाहे बिदेशमा बसेर ,
मजबुरिले आफ्नो परिश्रम,
 खुन झैँ तप तप पसिना ,
वचनले ग्रस्तित र घृणा ,
भलै सहदै बुद् आशुहरु
 बगीरहदा पनि,
 आफ्नै देशको माटो जोगाउन ,
 संसार भरि गौतम बुद्धको ,
देश भनेर चिनाउँन तलिन,
 लागी पर्ने मान्छे हु म त् !

सक्छन भने लौ किनेर देखाउन ..!
म आफ्नो परिश्रम मात्र बेच्छु ,
एक मुट्ठी गास र वासको लागी ,
म बेच्दिन आफुलाई कहिलै ..
मात्र पैसाको लागी ,
न धर्म किन्छु ,न रमाउछु
 त्यो हातको मैलो पखालिएर जाने ,
 परिश्रम गर्दा जो पाइन्छ आफै ,
अ ह म बेच्दिन पैसामा !
मेरो आफ्नो शान अनि धर्म र संस्कार ,
प्यारो छ मेरो देश अनि,
 यहाँ भएका हर शास्त्रहरु,
 बासुरीको धुन र मादलको ताल ,
 मन्दिरमा बज्ने घन्टीका टन टन गर्दै,
 आनन्द र पबित्र बनाउने
त्यही शंखका धुन ,
म त्यही रमाउछु,र बिलाउछु...
आहा कति पवित्रता छ ,
ओं का गुन्जयमान म गौरब गर्छु ,
मेरो सुन्दर संस्कार,!

निशा खनाल अर्याल 
इज़रायल ,

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com