गज़ल : By, कोमल भट्ट


गज़ल : By, कोमल भट्ट

झर्यो आँसु सम्झेँ,पखेरा पखेरी
उतै डुल्छ आँखा,लगाएर फेरी

सधैँ देश देखेँ,यहाँ स्वप्न देख्दा
मनै भित्र नाच्यो,पियारो मझेरी

विरानो छ हावा,भयौँ वाल्ल ट्वाल्ल
छुट्यो पास आफ्ना,बचेरा बचेरी

डस्यो शून्यताले,कतै छैन आभा
झनै निल्न खोज्दै,छ कालो अँधेरी

दिए चोट मात्रै,मिठा कल्पनाले
सुक्यो भावना नै,परे झैं खडेरी

सुनेनन् पुकारा,दिए कष्ट धेरै
 अहो ! यी विधाता,रहेछन् अटेरी

भयो छिन्न भिन्नै,कथा जिन्दगीको
गुम्यो साख सारा,हरायो मितेरी

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com