भर्जिनिया बैशाख २१,
विजय थापा : वाशिंगटन डिसी ,नेपाली दूताबासले हरेक बर्ष मनाउदै आई रहको पासपोर्ट डिसी २०१४ उत्सव भब्यताको साथ सम्पन्न गरेको छ ।
पासपोर्ट डिसी कार्यक्रमको आयोजना सांस्कृतिक पर्यटन डिसी नामक गैर मुनाफा संस्थाको आयोजनामा भएको हो भने जसको मुख्य उदेश्य पर्यटन तथा डिसी क्षेत्रमा बसोबास गरि रहेका स्थानीय समुदायलाई बिभिन्न राष्ट्रहरुका संस्कृति तथा परम्परालाई सम्बर्धन तथा प्रवर्धन गर्नु हो ।
उत्सव कार्यक्रम बिहान १० बजे देखि बेलुका ४ बजे सम्म राखिएको थियो भने स्थानीय तथा वरिपरिका समुदायले विभिन्न दुताबास अबलोकन गर्न आएका थिए । पासपोर्ट डिसी उत्सवमा सहभागी हुन् आएका संचार कर्मी ,पर्यटक ,समाज सेवी ,बिभिन्न संघ तथा संस्थाका प्रतिनिधि ,ब्यबसायी, स्थानीयबासी तथा बिभिन्न राष्ट्रहरुका पर्यटकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नेपाली दूताबासमा आफ्नो मुलुकको संस्कृति ,कला तथा परम्परालाई प्रबर्धन गर्ने हेतुले राजदूत निवासमा ब्यबसायीहरुले आफ्ना सामाग्रीहरुको प्रदर्शन गरेका थिए र आएका पर्यटकहरुले रुचि पुर्वक अवलोकन गर्दै खरिद पनि गरेका थिए । खुला पासपोर्ट डिसी उत्सव कार्यक्रममा नेपाल दूताबासमा हजारौको संख्यामा पर्यटकले भ्रमण गरेका थिए ।
यस्ता कार्यक्रमले नेपालको पर्यटन ,कला र संस्कृतिको प्रबर्धनमा ठुलो सहयोग हुने विश्वास गरिएको छ । दूताबासले पर्यटकहरुले नेपालबारे जानकारी लिन पाउन भनि छुट्टै प्रदर्शन कक्ष राखी प्रचार तथा प्रसार सामग्री निशुल्कमा वितरण गरिएको थियो । नेपाली दूताबासमा आएका स्थानीय बासी तथा पर्यटनहरुलाई खाना खुवाईएको थियो lपर्यटकहरुले नेपालको बारेमा जान्न पाएकोमा गर्व व्यक्त गरे भने प्रदर्शनमा राखिएको मुर्ति ,हस्तकलाका सामग्रीले मन छुएको भन्दै नेपाल कला र संस्कृतिमा धनि रहेछ भनि उत्साहपूर्वक जवाफ दिए ।
सगरमाथा टिवी अमेरिकाले नेपालको प्रबर्धन सम्बन्धि वृत चित्र श्रब्य दृश्य (भिडियो )दिन भरि पर्दर्शनमा राखेको थियो भने नेपाल सम्बन्धि अभिरुचि राख्ने पर्यटकले रुचि पुर्वक हेरेका थिए ।