भरतपुर बैशाख २१,
सरस्वती तिवारी
आदर्श बचत तथा ऋण सहकारी संस्था लि. भरतपुरको आयोजनामा
एक दिने निःशुल्क मुटु रोग परिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
संस्थाका शेयर सदस्य लगायत सदस्य बचत सदस्य र संस्थाका बाल सदस्यहरुको मुटुको
परिक्षण गर्ने उद्धेश्यले कार्यक्रम संचालन गरिएको कुरा आयोजकले जनाएको छ ।
आर्दश बचत तथा ऋण सहकारी संस्था आयोजक, नेपाल हृदय रोग निवारण
प्रतिष्ठान चितवन शाखा सह आयोजक रहेको उक्त कार्यक्रममा १९५ जना बालबालिका
सहित ३०५ जनाले परिक्षण गेकोमा ६ जनाको मुटुमा समस्या देखिएकाले थप
उपचारको लागि रिफर गरिएको कुरा आयोजकले जानकारी गराएका छन् ।
कार्यक्रममा चितवनका प्रचलित मुटुरोग सम्बन्धी प्रचलित डाक्टरहरु डा. शशिजंग
पाण्डे, डा. शंकर लौडारी, डा. रबिन शर्मा डा., संकेत पराजुली, डा. बिमल
रानाभाट समेतको टोलीले जाँच गरेका थिए । डाक्टरहरुले मुटु रोग विश्वव्यापी
रुपमा पुरुष तथा महिला दुवैको मृत्युको प्रमुख कारक बन्न गएको र हरेक
देशमा स्वास्थ्य सेवाका सुविधा, जनताको जीवनशैली र देशको आथिर्क स्तर
फरक(फरक हुने हुँदा मृत्युको कारण पनि फरक हुने गर्छन । खास गरेर
मुटुरोग मानिसको आहार विहारको कारणले पनि लाग्ने गर्दछ भन्दै आहार
विहारमा ध्यान समेत सल्लाहा दिएका थिए । उक्त कार्याक्रम संस्थाकी अध्यक्ष मीना
खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा लोकतन्त्र सन्देश दैनिक
पत्रिकाका अध्यक्ष एंव नेपाल अबुर्द रोग निवारण प्रतिस्ठान चितवनका उपाध्यक्ष
भोजराज कौडाल, प्रतिष्ठानका सल्लाहकार लिलाराज खरेल, आर्दश बचत तथा ऋण
सहकारीकी सल्लाहकार फुलमाया रानाभाट, समाजसेवी भानुभक्त कंडेल, इन्दु
कोइराला लगायतका अतिथीहरुले सुभकामना मन्तब्य सहित कार्यक्रमको सफलताको
कामना गरेका थिए । उक्त कार्यक्रममा नेपाल अबुर्द रोग निवारण प्रतिष्ठान
चितवनका अध्यक्ष जयराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।