एक वस्ती जहाँ सूर्यले छाला पगाल्छ Photo Feature . . .

एजेन्सी बैशाख २४,

विश्वभरका मानिसका लागि सूर्यको प्रकाश दैनिक जीवनको महत्वपूर्ण पक्ष हो । तर, ब्राजिलको मध्यपश्चिम क्षेत्रमा पर्ने अरारास शहरबासीका लागि भने सूर्य जन्मजात शत्रु भएको छ । 

शहरको धेरै जनसंख्या एउटा अनौठो आनुवंशिक रोग जेरोडेर्मा पिग्मेन्टोसम (एक्सपी) बाट प्रभावित भएको छ । यो रोग लागेपछि छाला सूर्यको पराबैजनी किरणमा निकै संवेदनशिल हुन्छ र छाला पग्लन थाल्छ, मानिस कुरुप बन्दै जान्छ । सूर्यको किरणको सम्पर्कमा परेपछि विस्तारै क्यान्सर हुने सम्भावना हुन्छ । 

सूर्यको किरणको डरले मानिसहरु दिनमा बाहिर निस्कन पनि डराउछन् । शहरका बासिन्दाको मुख्य पेशा कृषि हो । उनीहरुले हरसमय खेतबारीमा बिताउनुपर्छ । तर, सूर्यको डरका कारण उनीहरु कि त बिहानै काम गर्छन्, कि सूर्य अस्ताइसकेपछि रातमा । शहरमा मानिसहरुको अबको उपाय भनेको छाता बनेको छ । 

उनीहरु सूर्यको किरणबाट बच्न छाता ओढेर हिड्छन् भने बालबालिकाहरुले साइकलमा समेत विशेषप्रकारको छाता बनाएका छन् । रोगले उनीहरुको ओठ, नाक, गाला र आँखालाई प्रभावित पारेको छ । प्रभावितहरु आफ्नो अनुहारलाई छोप्न ठुलो टोपी लगाएर हिड्छन् भने अनुहारमा विशेष प्रकारको मास्क प्रयोग गर्छन् ।

अहिले यो रोगबाट बालबालिकालाई बचाउन शहरमा विशेष अभियान नै थालिएको छ । ‘सूर्य हाम्रा लागि ठुलो शत्रु भएको छ, रोगबाट जो प्रभावित भएका छन्, उनीहरु बढी समय बाँच्न दिनलाई रातमा बदल्न बाध्य छन्’ मचाडो नामका व्यक्ति भन्छन्, ‘दुर्भाग्यवश यो सम्भव छैन’ । 






Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com