कविता : By, धर्म राज कोइराला



कविता: "द्रुत विलम्बित " छन्द

 
मनभरी घटनाहरु सम्झदा
तरल भाव उछालिन ठोकिदा
तन विभोर सदा मन मै डुवी
तरसका रसका छन ढुक्ढुकी ।

नदी तरंगित छाल सुमाधुरी
जीवन धर्ति शखा सठ चातुरी
गति छिनाली विखण्डित मार्ग भो
चपलता पलता अयथार्थ हो ।

मन विकार विसाल भुजंग भै
लिई फणा त्रिषित डंक पछार दै
अति विरक्ति अशान्ति झझल्किने
दमनका मनका वीच शोभिने ।

शहर भित्र घनाजन संगति
वय दिवास्त विचित्र विसंगति
मन युवारस तरंग सुशोभिने
त्रिषितका सितका पथ खोजने  

द्विविध यी प्रक्रिति विषयाग्निले
म्रिदुमुहार विलक्षण व्रीत्ती ले
मन विभान्छित दीप्ति प्रकाशमा
दमनका मनका विच त्राशमा ।

लेखक : धर्म राज कोइराला
सहप्रध्यापक,
रत्न राज्यलक्ष्मी क्याम्पस
काठमान्डौ ,नेपाल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com