शुभलाभको चौथो साधारण सभा सम्पन्न

भरतपुर बैशाख २१, 

दीपक लामिछाने : शुभलाभ बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर ६ कटहरचोक को चौथो साधारण सभा शनिबार सम्पन्न भयो । ओम जय श्री गणेश मन्दिरमा सञ्चालन भएको कार्यक्रममा स्थानीय समाज सेवी थानेब्वर कंडेल प्रमुख अतिथी रहनु भएको थियो भने सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका सहकारी प्रशिक्षक श्रीकृष्ण नेपाल विशिष्ट अतिथी रहनु भएको थियो । 

कार्यक्रममा बोल्दै नेपालले सहकारी सहकारी बीच आपसी सहकार्य गरी समन्वय कायाम गरेर कार्य गर्न सकेमा स्थानीय सहकारीहरुले सफलता हासिल यर्न सक्ने र हाल नेपालमा समस्याको रुपमा देखिएको सहकारी बीचको दोहोरो सदस्यतालाई निरुत्साहीत गर्दै लानु पर्नेमा समेत जोड दिनु भएको थियो । यस्ते बहाँले सहकारी संस्थामा सदस्यहरु सचेत हुनु पर्ने र सबै सदस्यहरुले यो संस्था मेरो हो भन्ने भावना नहुदा सम्म सहकारीले उननती गर्न नसक्ने समेत बताउनु भयएको थियो । 

कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन सहकारी कार्यालयका सहकारी निरीक्षक रामबाबु पौडेल, कौटिल्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम प्रसाद गैरे, ॐ जय श्री गणेश मन्दिरका अध्यक्ष विष्णु प्रसाद भटट्राई, छिमेक विकास बैंक भरतपुरका निरीक्षक राधाकृष्ण तिमिल्सेना लगायतका अतिथीहरुले सुभकामना व्यात्त गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष लाल बहादुर खडकाको सभापतित्वमा सञ्चालन भएको थियो भने स्वागत मन्तब्य पूर्ण तिमिल्सेनाले गर्नु भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com