नारीदर्पण : १० जेष्ठ २०७१ शनिबारका दिन इज़रायलमा भानुभक्त द्धिविसतवार्षिक साहित्यिक कार्यक्रम भव्यता साथ् सम्पन्न भएको छ । र्इजरायलकेा तेल अभिव स्थित लुमी पार्कमा सम्पन्न उक्त कार्यक्रममा करिव नब्बे जनाको उपस्थिति रहेको थियो ।
पानी पोखरी नजिक मन लोभ्याउने फोहरा र निकै नै सुन्दर बगैंचा र हँसिलो मौसममा उक्त साहित्यिक कार्यक्रमका सभापति भगवती बस्नेतको सभापतित्व तथा इज़रायलका लागि नेपाली राजदुत प्रल्हाद कुमार प्रसाईं, उहाँकी धर्म पत्नी सिता प्रसाईं , नेपाली राजदुताबास उपनियोग प्रमुख खड्ग प्रसाद दाहाल सहसचिव रेाशना खनाल साथै सुबास खरेल (अध्यक्ष एन आर एन) अमृता पौडेल (नेपाल बाट इज़रायलमा एक महिने पत्रकार ट्रेनिंगको लागि आउनु भएकी, विशेष १८ बर्ष मुनिका बालबच्चाहरुको विभिन्न समस्या सेक्स वायोलेन्स सम्बन्धि) अतिथि रहनु भएकेा थियेा । कार्यक्रममा इज़रायल स्थित स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्वतन्त्र संचार क्षेत्रका संचारकर्मीहरु र नियमित कार्यरत नेपालीहरुको उपस्थिति रहेको थियो ।
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको संयोजनमा नेपाली राष्ट्रिय बिभुति आदिकवि भानुभक्त द्धिविसतवार्षिक मूल समारोह समिति मार्फत सदस्यमा मनोनित हुनुभएकी श्रीमती भगवती बस्नेत इज़रायलका लागि साहित्यिक दुत का रुपमा उपस्थित हुनुहुन्थियेा । उहाँकै संयोजकत्वमा चैत्र ८ गते इज़रायलमा भएका साहित्यिक मनहरूकेा सहभागितामा इज़रायलमा भानुभक्त द्विशतवार्शिकी एक कार्य समितिको गठन गरिएकेा थियेा ।
नेपाली राष्ट्रिय गानसँगै अघिबढेकेा साहित्यिक कार्यक्रमले सभापति तथा प्रमुख अतिथि द्वारा दीप प्रज्वालन तथा आदिकवि भानुभक्तमा माल्यार्पण साथै (Happy Birthday Bhanubhakta) लेखिएको केक काटी आदिकवि भानुभक्तलाई स्मरण गर्न पुग्दा साच्चै वातावरण नै साहित्यमय भएको महसुस हुन्थियो । भानुभक्त बारे छोटो तर निकै गहकिलो मिठो प्रसंसा प्रस्तुत गर्दै शमा श्री ले स्वागत मन्तव्य राख्नु भएको थियो ।
भानुभक्त बारे बोल्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज इज़रायल च्याप्टरका अध्यक्ष कृष्ण पक्ष थापाले भानुभक्तका तत्कालिन लेखन कालका अत्यन्त अप्ठ्यारा पानाहरु पल्टाउदै उहाँको साहित्यिक, भाषिक , योगदानको नेपाली साहित्यिक इतिहासले सम्झिरहने छ भन्दै गहन मन्तव्य प्रस्तुत गर्नु भयो र त्यस्तै गरि नेपाली राजदुताबास र्इजरायलका उपनियोग प्रमुख खड्ग प्रसाद दाहाल ( भानुभक्त कार्य समितिका विशेष सल्लाहकार) ले अत्यन्तै सुन्दर , सकारात्मक तथा नेपाली साहित्यिक अनुरागीहरुलाई समेट्दै अझ उन्नत, प्रगततिर डोर्याउन अनुकरणीय सुझाबहरु दिनु भएको थियो ।
सुन्दर बगैंचा बीच स्वच्छ वातावरण र सोहार्द्रतापूर्ण शान्त साहित्यिक कार्यक्रमले साच्चै नेपाली साहित्यप्रेमीहरु नतमस्तक, मन्त्रमुग्ध देखिन्थे । भानुभक्त द्विशतबार्षीक साहित्यिक औपचारिक कार्यक्रमको उत्तरार्धमा इज़रायलका लागि नेपाली राजदुत प्रल्हाद कुमार प्रसाईले सम्पूर्ण पुर्व वक्ताहरुको सुन्दर, गहन , मननलाइ मन्थन गर्दै अत्यन्तै उच्च अभिव्यक्ति दिनु भयो । भानुभक्त प्रथम नेपाली साहित्य लेखक होइनन तर उनको उत्कृष्टता, उच्चता लेखनका कारण उनले यो किताव पाएका हुन् भन्दै उहाँ भौतिक रुपमा आज हामी माझ नरहे पनि साहित्यिक रुपमा सदा सदा अमर रहनु हुने छ हामी माझ भनि निकै सारथ विचार राख्नु भयो । कैयौं फुटकर कविता देखि महाकाव्य सम्मको लेखन महिमाको गान गर्दै भानुभक्तको साहित्य द्धारा नेपाली भाषा र नेपाली एकताको शंखघोष भएको अदितिया योगदानको खुलेर प्रसंसा गर्नु भयो । मन्तब्यकेा अन्तमा उहाले र्इजरायलमा कार्यरत साहित्यीक मनहरूले प्रकाशित गरेकेा पुस्तकबारे खुलेर प्रशँसा गर्नु हुदै साहित्यिक मनहरूले राेजगारीका बाबजुत पनि अाफ्नाे रचना सार्वजनिक गरिरहेकेा पाउदा साह्रै खुशी लागेकेा बताउदै कामका बब्ब्जुत निकालिएका कृतिकेा उच्च मुल्याँकन हुनु पर्ने बताउनु भयेा ।
भानुभक्त द्धिविसतवार्षिकी साहित्यिक कार्यक्रम दुई चरणमा विभाजित थिए। प्रथम चरणको औपचारिक कार्यक्रम भानुभक्त द्धिविसतवार्षिकी कार्य समितिका सचिव सुनिता राईले संचालन गर्नु भएको थियो भने दोस्रो चरणको अनौपचारिक कार्यक्रम कार्य समितिका उपाध्यक्ष लक्ष्मी अनुरागिले संचालन गर्नु भएको थियो । औपचारिक कार्यक्रममा भानुभक्त आचार्य मा समर्पित कबिता निशा खनाल अर्याल (बिनेसासका सचिव) ले प्रस्तुत गर्नु भएको थियो भने अनौपचारिक कार्यक्रममा मिरा मन थापा, शुबद्रा भण्डारी लगायतका साहित्यिक मनहरुले कविता वचन गर्नु भएको थियो । र, कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति श्रीमती भगवती बस्नेतले भानुभक्त आचार्य २ शयौं बर्ष स्मृति सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सम्पूर्णमा र विशेष खानाको व्यबस्थापनमा खट्नु हुने लक्ष्मी अनुरागी (कार्य समितिका उपाध्यक्ष) , खाना बनाउने स्थान प्रदान अग्र्नु हुने मधु खड्गा लगायत अहोरात्र खट्नु हुने सम्पूर्णमा आभार तथा धन्यवाद व्यक्त गर्नु हुँदै भानुभक्त द्धिविसतवार्षिकी कार्यक्रमको समापन गर्नु भयो ।