सर्लाही जेष्ठ १०,
चूडामणि वाग्ले : बरामद गरी भन्सारमा ल्याइने सामान सशस्त्र प्रहरी र भन्सारका कर्मचारीले नै लुटपाट गर्ने गरेका छन्।
सर्लाहीको मलंगवास्थित भन्सार कार्यालयमा दैनिक लुटपाटको दृश्य देख्न सकिन्छ। एक प्रत्यक्षदर्शी भन्छन्— भन्सारका कर्मचारी र सशस्त्र एवं नेपाल प्रहरीका मानिसह ले दैनिक कुनै न कुनै सामान हात पारेकै हुन्छन्।
बरामद भएर भन्सारमा ल्याइने फुटकर सामान हात लगाउन उनीह ले हारालुछ गर्ने गरेका छन्। सुर्ती, मदिरा, किरानाजस्ता सामानह आउनासाथ सबैले सक्दो गोजीमा हाल्ने गरेका छन्। व्यापारीले भन्सार तिर्न ल्याएको सामानमा निगरानी हुने भए पनि बरामद सामानमा कसैको निगरानी नहुने भएकाले यस्ता सामान हात लगाउन सजिलो भएको नाम खोल्न नचाहने प्रत्यक्षदर्शीले बताए।
पछिल्लो समयमा सर्लाही भन्सारले सेटिङ्ग मिलाएर मिलेमतोमा तस्करी गराइरहेको पनि आरोप छ। सीमावर्ती भारतीय बजार सोनवर्षाबाट सेटिङ्ग मिलाएर आउने सामानह का बन्डल खोल्दै नखोली भन्सारको काम हुने गरेको भन्सार नजिकका एक स्थानीयले जानकारी दिए।
भन्सारका कर्मचारी र प्रहरीले भारतीय क्षेत्रबाट तरकारी, फलफूल जस्ता कृषिजन्य सामग्री ल्याउने मानिसलाई पनि भन्सारको गेटमा बसेर दुःख दिने गरेका छन्। सबै व्यापारीस ग फलफूल र तरकारी लिन कर्मचारी र प्रहरीको हानाथाप हुने गरेको छ —सधैं भन्सार क्षेत्रमा नै बस्ने एक स्थानीयले बताए। भन्सार प्रमुख टीकाराम भुसाल पनि यस्ता विकृति रहेको स्वीकार गर्नुहुन्छ। सुरक्षा निकायका बारेमा त मैले भन्न मिल्दैन, कर्मचारीमा रहेका विकृति हटाउन धेरै काम गरेको छु , भुसालले भन्नुभयो— बरामद भएका र तरकारीजस्ता सामानमा लोभ गर्छन् भन्ने थाहा पाएर मैले यस्तो नगर्न कडा निर्देशन गरेको छु। भुसालले सेटिङ्ग गरेर जाँच नगरी बन्डल छोड्ने काम नभएको दाबी गर्नुभयो। उहा को भनाइ छ— त्यसो गर्दा अर्को निकायले जाँच गरेमा कर्मचारी नै फस्ने अवस्था आउ छ, त्यस्तो हुन दिएको छैन।
प्रवक्तासमेत रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक भरत बस्नेतले पछिल्लो समय सुर्ती बरामद ह ुदा आफैं भन्सारमा पुगेको दाबी गर्दै सशस्त्र प्रहरीका कसैले पनि सुर्तीलगायतका सामान ननिकालेको दाबी गर्नुभयो। उहा को चेतावनी थियो— तपाईंस ग फोटो भए यहा लिएर आउनुस्, प्रमाणित भयो भने मात्र छाप्नु होला, अन्यथा पत्रपत्रिकामा त्यस्तो कुरा नछाप्नु होला।