काठमान्डू बैशाख २४,
टर्कीमा हुने मिस लिटिल युनिभर्स-२०१४ मा उर्लावारी, मोरंगकी दृष्टि दाहालले नेपालको प्रतिनिधित्व गर्दै छिन्। आगामी वैशाख २९ गते सोमबार हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनमा दृष्टि आफ्नी आमा यशोदा दाहालसँग आगामी सोमबार त्यसतर्फ प्रस्थान गर्दैछिन्।
डिल्लीबजार, काठमाडौं निवासी दृष्टि एनआईसी एकेडेमीमा कक्षा ८ मा अध्ययरत छिन्। १२ वर्षीया दृष्टि गत फागुन ३ गते ई-प्लानेटले आयोजना गरेको 'लिटिल मिस युनिभर्स नेपाल-२०१४' मा विजयी भएकी थिइन्।
कानुन व्यवसायी बुवा द्रोण दाहालकी छोरी दृष्टिले आर्मी अफिसर्स क्लबमा सम्पन्न उक्त प्रतियोगिताको निर्णायक चरणमा 'नेपाललाई गौतम बुद्ध र सगरमाथाको देशका रूपमा चिनाउँछु' भन्ने जवाफ दिएर स्वदेशी तथा विदेशी निर्णायकलाई प्रभावित तुल्याएकी थिइन्।
टर्कीको कार्यक्रममा सहभागिता जनाउनुअघि दृष्टिलाई कलाकार शिरोमणी दवाडीले दुई साता लामो प्रशिक्षण दिएका छन्। टर्कीमा उनले नेपालको संस्कृति झल्कने एउटा सांस्कृतिक नृत्य समेत प्रस्तुत गर्नेछिन्। उक्त प्रतियोगितामा ४३ देशका बालिकाले प्रतिस्पर्धा गर्दैछन्।(साप्ताहिक)