for तीन एज समर कलेक्सन

काठमान्डू बैशाख २४, 

टिनएजरलाई लक्षित गरेर अन्तर्राष्ट्रिय फेसन ब्रान्डहरूले पनि धेरै प्रकारका पहिरन डिजाइन गरिरहेका हुन्छन्। अरू उमेरकालाई भन्दा टिनएजरहरूका लागि विभिन्न कलर तथा शैलीका पहिरन बढी नै तयार गरिन्छ।

पहिले-पहिले बुटिकहरूमा टिनएजरहरूलाई लक्षित गरेर त्यति पहिरन डिजाइन गरिँदैनथ्यो तर केही वर्षयता बालबालिका तथा टिनएजरलाई लक्षित गरी प्रशस्तै पहिरन डिजाइन गर्न थालिएको छ। २०१४ सम्म आइपुग्दा आमाबुबाहरू आफ्ना टिनएजर छोराछोरीलाई भिन्न पहिरन र गेटअपमा देख्न लालायित हुन्छन्। पहिले-पहिले जस्तो ४-५ जना छोराछोरी नहुने भएकाले पनि यो चाहना बढेको हुनसक्छ।

यसपटकको समरमा टिनएजरका लागि वान पिस नै चल्ने देखिन्छ। हल्टर, एलाइन तथा स्कर्टमा पनि टु पिस यसपटकको फेसन ट्रेन्ड हुनेछ। जम्पर सुट पनि पोहोरजस्तै यसपटक पनि टिनएजरको रोजाइको पहिरन हुनसक्छ। ब्राइट कलर, चेक्स, फ्लोर प्रिन्ट तथा मल्टी कलरको पहिरन पनि चल्तीमा छ। टु पिसमा वेस्ट लेन्थ छुटेको ड्रेस जसमा भोलुम फेब्रिक, ग्याडर, बक्स प्लेर, भीनेक, स्लिभमा फोल्ड हुन्छ। छोटो र लामो स्कर्ट पनि टिनएजरलाई सुहाउने समर ड्रेस हो।

राम्रो कटन चिकेन प्रिन्ट फेब्रिकमा पटियाला विथ जर्जेट ट्रान्सप्यारेन्ट टप्स विथ राउन्ड सेप पहिरन पनि टिनएजरहरूलाई सुहाउँछ। ब्लु, हटपिंक, एल्लो, अरेन्ज आदि कलरफुल कलरका ड्रेस यो उमेरका लागि उपयुक्त हुन्छन्। लिनेन कपडामा डिजाइन गरिएको क्वाटर पाइन्ट तथा लिनेनकै समर ज्याकेट, कोट पनि यसपटक इन रहनेछन्।

पार्टी  वेयरका लागि जर्जेट र ब्रोकेट मिक्स गरी मोर्डन लुक्स दिन सकिन्छ। नेटहरूमा ब्रोकेट, भेलभेट र लेस प्याच गरेर लेहेंगा तथा साडी खोज्नेहरूका लागि बोर्डर प्याच गरेर नेटको ट्रान्सप्यारेन्ट ब्लाउज तयार गर्न सकिन्छ। एलाइन कट गरेर, सिक्वेन्स मेटेरियल प्रयोग गर्ने। कुर्तामा पनि हल्टर, ब्याकलेस, ट्युब कुर्ती, एलाइन, अनारकली आदि बनाउन सकिन्छ।

दुब्ला-अग्ला टिनएजरहरूका लागि  
दुब्ला-अग्लालाई नेकलाइनमा फ्रिल प्रयोग गरेर रफल स्लिभ, फेरि स्लिभ गर्न सकिन्छ। राउन्ड नेक उपयुक्त हुन्छ। भरसक छोटा स्कर्ट तथा निलेन्थसम्मको पहिरन नै सुहाउँछ।

होचा, गोरा र मोटा टिनएजर  

होचा, गोरा र मोटा टिनएजरहरूका लागि ए लाइनमा लामो फ्लेरी गाउन, नेकमा भी गर्ने। 

मोटा टिनएजर 
समर चुज पाइन्ट, क्वाटर पाइन्टमा हिप लेन्थ छोप्ने टप्स मिलाएर लगाउन सकिन्छ। हिप कभर गर्दा दुब्लो देखिन सकिन्छ। लामो अनारकली पनि सुहाउँछ।

गोरा टिनएजर  
गोरालाई त सबै कलर सुहाउँछ। त्यसमा पनि कालो, हरियो, नीलो र रातो अझ बढी खुल्ने रंग हुन्।

कालो वर्णका टिनएजर

धेरै डार्क पनि होइन, लाइट पनि होइन, मिडियम कलर सुहाउँछ। ठिक्कको ब्राइट कलरले उज्यालो देखाउँछ।

सुषमा सिंह

फेसन डिजाइनर, वुमन्स प्लानेट

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com