गाईको मुटुले बाँच्यो बालक I

बैशाख २४, 

जन्मदैं मुटुमा दुईवटा प्वाल भएको बेलायतका एक बालकलाई गाईको मुटु प्रयोग गरेर बचाइएको छ । योर्कशायरका रुविन वेबर ज्याक्सनको मुटुको प्वालमा गाईको मुटुको तन्तु प्रयोग गरिएको हो ।

पहिले श्वास फेर्न कठिनाई भोगिरहेका बालक दुईवटा मेजर अपरेशनपछि अहिले सामान्य रुपमा श्वास फेर्न सक्ने भएको बताइएको छ ।

सुरुमा निकै खुशी र स्वस्थ देखिएपनि दुई सातापछि श्वास फेर्न कठिन भैरहेको थाहा पाएपछि आफूहरुले बच्चालाई अस्पताल पु¥याएको बच्चाकी आमा पेट्राले बताइन् । एजेन्सी ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com