गजल :
दलानमा छ दलित अझै पनि समाजमा
छुवाछुत छ ऊ सित अझै पनि समाजमा
परै बस्नु पर्ने अरे ठूला जात भन्ने बाट
जीवितै छ यस्तो रित अझै पनि समाजमा
तँ भनेर हेप्ने गर्छन् जस्तै पाकालाई पनि
उस्को मिल्ने छैन मित अझै पनि समाजमा
त्यो दलित भै दिनाले माया गर्ने मायालुको
नचाहाँदै फाट्छ प्रित अझै पनि समाजमा
पटक् पटक् लडे त्यहाँ लिन हक अधिकार
तर उस्को छैन जित अझै पनि समाजमा
दलानमा छ दलित अझै पनि समाजमा
छुवाछुत छ ऊ सित अझै पनि समाजमा
सोम कृष्ण श्रेष्ठ
भि न पा २ दोलखा