सुर्खेत जेष्ठ १४,
भेरी नदीमा माछा मार्न गएका एकजना नदीमा डुबेर बेपत्ता भएका छन् । पश्चिम सुर्खेतमा पर्ने हरिहरपूर–७ निवासी २१ वर्षीय भवीन दलार्मी मगर नदीमा बेपत्ता भएका हुन् ।
मंगलबार दिउँसो २ बजे माछा मार्न भन्दै भेरीमा पुगेका दलार्मी ज्यामिरकुना नजिकैबाट बेपत्ता भएको हरिहरपुर स्वास्थ्यचौकीका इन्चार्ज महेन्द्रबहादुर खत्रीले जानकारी दिए। मङ्गलबारदेखि नै स्थानीयले खोजीकार्य जारी राखे पनि केही पत्ता नलागेको र आज बिहानैदेखि खोजीकार्य जारी राखिएको छ। रासस: