बुवाको साथीसँग सोनाक्षी नर्भस I

मुम्बई जेष्ठ १४,

बलिउडमा अहिले चल्तीकी नायिका हुन्, सोनाक्षी सिन्हा। दबंग खान सलमानको हात समाएर चलचित्रमा डेब्यु गरेकी उनको क्रेज अहिले बढ्दो छ। 

ठूलो निर्माण कम्पनीको रोजाइमा परेकी उनी छानीछानी चलचित्र गर्ने हैसियतमा पुगेकी छन्। तर, निर्माणाधीन चलचित्र 'लिंगा'मा काम गर्नुपर्दा उनी नर्भस भएकी छन्। नर्भस हुनुको मुख्य कारण हो- रजनीकान्त। उनी सोनाक्षीका बुवा शत्रुघ्न सिन्हाका मिल्ने साथी हुन्। 

बुवाको साथीसँग चलचित्रमा काम गर्नुपर्दा उनलाई पर्नु अप्ठ्यारो परेको छ। यो कुरा उनले रजनीकान्तलाई पनि सुनाइन्। सोनाक्षीको कुरा सुनेर रजनीकान्त चकित परे। 'आफ्नो मिल्ने साथीकी छोरीसँग एकै चलचित्रमा काम गर्नुपर्दा मलाई पो अप्ठ्यारो महसुस भएको छ त', उनले सोनाक्षीलाई भने। 

अप्ठ्यारो महसुस भए पनि रजनीकान्तको चलचित्रमा काम गर्न पाउँदा सोनाक्षी उत्साहित भएको बताइएको छ। यस चलचित्रमा उनले कुनै कुरा नहेरी प्रस्ताव स्वीकार गरेकी थिइन्। स्रोतका अनुसार उनी यस चलचित्रमा चालीसको दशकको तमिल परम्परागत शैलीमा देखिने भएकी छन्। -एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com