श्रीमतीको बलात्कार भएको ज्याकोबद्वारा खुलासा I

जोहानसवर्ग, वैशाख २३ - 

दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले निर्वाचन अगाडि सोमबार एक दशकअघि अपराधीहरू ग्रामीण भागमा रहेको आफ्नो घरजग्गामा प्रवेश गरी श्रीमतीलाई बलात्कार गरेको बताएका छन् । आफ्नो घरजग्गाको सुरक्षाका लागि जनताले तिरेको २ करोड ३० लाख अमेरिकी डलर बराबरको कर प्रयोग भएको विषयमा उनले स्पष्टीकरण दिँदै थिए । 

उनले अपराधीहरूलाई पक्राउ गरिएको, अभियोग लगाइएको र दोषी प्रमाणित भएको बताए । क्वाजुलु-नाटाल प्रान्तमा एनकान्ड्लामा रहेको उनको घरजग्गामा भएको यस घटनाबारे यसअघि कहिल्यै उनको भनाइ सार्वजनिक भएको थिएन । उनले सन् २००९ मा राष्ट्रपति पद सम्हालेका हुन् । उनको त्यतिबेला चार श्रीमती थिए । कुनचाहिँ पीडित भएको भन्ने सम्बन्धमा उनले जानकारी दिएका छैनन् । उनकी एक श्रीमतीले आत्महत्या गरेकी थिइन् । 

उनले अपि|mकन युनियनका अध्यक्ष एनकोसाजाना डिलामिनी-जुमालाई पारपाचुके दिएका छन् । दक्षिण अपि|mकामा बुधबार निर्वाचन हुने भएको छ । राष्ट्रपति जुमाले आफ्नो घरजग्गामा गरेको खर्चका लागि कडा आलोचना गरिएको छ । यति हुँदाहुँदै पनि उनले दोस्रो पाँचवर्षे कार्यकालका लागि विजय हासिल गर्ने अनुमान गरिएको छ । मार्चमा सार्वजनिक लेखा परीक्षण संस्थाले राष्ट्रपतिले घरजग्गाको पुनर्निमाण गरी अनुचित रूपमा फाइदा लिएको फेला पारेको थियो । उक्त पुनर्निमाणमा पौडी पोखरी, हेलिप्याड तथा निजी क्लिनिक पनि समावेश भएका थिए । यस संस्थाले यस खर्चको केही भाग वहन गर्न उनलाई आदेश दिएको थियो । 

उनले केही व्यक्तिले मूल्य बढायो भने आफूले किन मूल्य बेहोर्ने भनी प्रश्न गरेका थिए । उनले यस विषयलाई आमसञ्चार तथा विपक्षी दलले अगाडि बढाएको दाबी गरे । उनले एनकान्ड्लाले जनताले आफ्नो दल अपि|mकी नेसनल कंगे्रस -एएनसी) लाई दिने मतमा प्रभाव नपर्ने दाबी गरेका छन् । पोन्डरिङ पान्डो अनुसन्धान संस्थाले हालै गरेको अभिमत सर्वेक्षणमा दक्षिण अपि|mकाका दुई तिहाइ युवाले उनले एनकान्ड्ला काण्डका कारण राजीनामा दिनुपर्ने धारणा व्यक्त गरेको देखिएको छ । एएनसीको रंगभेदविरोधी विगतका कारण यस पार्टीलाई अर्को बहुमत प्राप्त हुने देखिएको छ ।

दक्षिण अपि|mकामा सन् १९९४ पछि भएका चार निर्वाचनमा अपि|mकन नेसनल कंग्रेस विजय भएको छ । उच्च बेरोजगारी, गरिबी तथा भ्रष्ट सरकारबीच पनि यस पार्टीप्रतिको समर्थन घटेको देखिएको छैन । यो निर्वाचनमा पनि एएनसीले ६३ प्रतिशत मत प्राप्त गर्ने इप्सोसले गरेको पछिल्लो अभिमत सर्वेक्षणमा देखिएको छ । यो सन् २००९ को निर्वाचनमा भन्दा तीन प्रतिशतले कम हो । एएफपी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com